कैलाली र कञ्चनपुरबाट लागु औषध कारोबारमा संलग्न ६ जना पक्राउ

अत्तरिया – कैलाली र कञ्चनपुरबाट गरी लागु औषध कारोबारमा संलग्न ६ जना पक्राउ परेका छन । कञ्चनपुरको बेलौरीबाट लागु औषध सहित कृष्णपुर नगरपालिका–४ गुलरीयाका २४ वर्षीय गणेश भण्डारी र अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटका २२ वर्षीय दिपेन्द्र केसी पक्राउ परेका छन । उनीहरुको साथबाट १४ दशमलव ७५ ग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

bishal shuit house

पक्राउ परेका दुवै जनाले दिएको सूचनाका आधारमा कैलालीबाट थप ४ जना पक्राउ परेका छन । धनगढीबाट पक्राउ पर्नेमा कृष्णपुर–४ का २५ वर्षीय रोशन ऐर, साँफेबगर–४ का २० वर्षीय सन्दीप कुँवर, २६ वर्षीय विक्रम कुँवर र २३ वर्षीय क्षितिज बुढा रहेका छन ।

joshi vada pasal 2

प्रहरीका अनुसार बेलौरीबाट पक्राउ २ जनाले धनगढीबाट पक्राउ परेका ४ जनालाई बेच्नका लागि सो लागुऔषध बोकेको बयान दिएका थिए । सोही आधारमा ४ जना पक्राउ परेका हुन । यद्दपी धनगढीबाट पक्राउ परेकाहरुको साथबाट पनि लागुऔषध जस्तो ३० ट्याबलेट बरामद गरिएको जनाइएको छ ।

पक्राउ परेका ६ जनालाई इलाका प्रहरी कार्यालय बेलौरीमा राखि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.