कैलालीका सीमा नाकाबाट १ वर्षमा ३९५ महिला तथा बालबालिकाको उद्धार

धनगढी – मानव बेचविखन क्षेत्रमा काम गर्दै आइरहेको शान्ति पुनस्र्थापना गृहले एक वर्षमा ३९५ जनाबालिका, युवती तथा महिलाहरूको नाकाबाट उद्धार गरेको छ । कैलाली र कञ्चनपुरसँग जोडिएको त्रिनगर नाका र कैलालीको खक्रौला नाकाबाट आर्थिक वर्ष २०७८÷७९ मा तीन सय ९५ जनाको उद्धार गरेको बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।

भारत जाने क्रममा नाकाबाट कैलाली लगायत ७७ वटै जिल्लाका महिला, युवती तथा बालिकाहरूलाई बेचविखन हुनबाट सुरक्षित राख्न उद्धार गरिएको गृहकी जिल्ला संयोजक निर्मला शाहीले जानकारी दिइन् ।

joshi vada pasal 2
bishal shuit house

धनगढी र टीकापुरलाई केन्द्रमा राखेर काम गर्दै आइरहेको सो गृहले सबैभन्दा बढी कैलालीका युवती, बालिका तथा महिलाहरूको नाकाबाटै उद्धार गरेको तथ्यांकमा उल्लेख छ ।

गृहले कैलालीका एक सय ९४, कञ्चनपुरका ३७, अछामका ११, डोटीका २०, बझाङका २२, बाजुराका सात, डडेल्धुराका ११, बैतडीका आठ जनाको दुई नाकाबाट उद्धार गरेको हो ।

maya metro hospital

जिल्ला संयोजक शाहीले सुदूरपश्चिम प्रदेशबाहेक देशभरीका ७७ वटै जिल्लाका युवती, महिला तथा बालिकाहरूलाई बेचविखन गर्ने उद्देश्यले दुई नाका भएर भारत लग्ने प्रयास हुने गरेको बताइन् ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.