पद्मा अस्पताल र ग्लोबल आईएमई बैंक बिच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

अत्तरिया – कैलालीको अत्तरियामा रहेको पद्मा अस्पताल र ग्लोबल आईएमई बैंकको अत्तरिया शाखा बिच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ । अस्पताल र बैंक बिच पद्मा अस्पतालमा दिइने बिभिन्न सेवाहरुमा छुट दिने सम्झौता गरिएको हो ।

bishal shuit house

जसअन्तरगत बैंकमा खाता भएका ग्राहकहरुलाई पद्मा अस्पतालले आफ्नो सेवामा बिभिन्न प्रकारका छुट दिने भएको छ । सम्झौता अनुसार अस्पतालले ७० बर्ष भन्दा माथिका जेष्ठ नगरिकलाई ओपिडी सेवा निःशुल्क दिने छन भने अन्य बैंकमा खाता भएकाहरुलाई ओपिडी सेवामा ५० प्रतिशत छुट दिइने छ । त्यस्तै औषधी बाहेक अन्य उपचारमा पनि १० प्रतिशत छुट दिने लगाएतका सम्झौता गरिएका छन ।

joshi vada pasal 2

बिहिबार एक कार्यक्रमका बिच अस्पतालको तर्फबाट प्रबन्ध निर्देशक डा. नर बहादुर मौनी र बैंकको तर्फबाट शाखा प्रमुख भुबन भट्टले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.