कुकुर मार्ने महिला प्रहरी नियन्त्रणमा

काठमाडौँ – हँसियाले हानेर कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफ्नो छोरालाई कुकुरले टोकेको भन्दै काठमाडौँको तारकेश्वर नगरपालिका–४ मिलिजुली टोलकी जुना बरालले बुधबार सडक पेटीमा बसिरहेको कुकुरलाई हँसियाले हानेर मारेकी थिइन् ।

maya metro hospital

उनले हँसियाले हानेर कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो हेरेर पशु अधिकारकर्मीहरुले बरालविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

joshi vada pasal 2

बालाजु प्रहरी वृत्तले भने महिलालाई वृत्तमा उपस्थित गराएर छलफल गरी छोडिसकेको बताएको छ । ती महिलालाई स्थानीय र पशु अधिकारकर्मीहरुले नै प्रहरीसम्म ल्याएको बालाजु प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पशु अधिकारकर्मीहरुले उनलाई कारबाहीको माग गर्दै वृत्तअघि प्ले कार्ड बोकेर प्रदर्शनसमेत गरेका थिए । उता वडा नं. ४ का वडाध्यक्ष नरेन्द्र दास श्रेष्ठले भने टोलमा कुकुरको आतंकले स्थानीय बासिन्दा हैरान बनेको बताएका थिए ।

उनी भन्छन्, ‘त्यो कुकुरले यसअघि पनि टोलको १० जना जतिलाई टोकिसकेको थियो । ती महिलाको पनि आफ्नो छोरालाई टोकेछ । त्यसपछि उहाँले मार्दिनु भएछ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.