दुग्ध संकलन केन्द्र बेलौरीलाई चिलिङ्ग भ्याट सहयोग

कंचनपुर – कञ्चनपुरको बेलौरी नगरपालिकाले दुग्ध संकलन केन्द्र बेलौरीलाई ‘चिलिङ भ्याट’ सहयोग गरेको छ । दुग्ध वितरण आयोजना धनगढीको १ लाख १९ हजार ५५१ र बेलौरी नगरपालिकाको ८ लाखको साझेदाारीमा दूध चिस्याउने चिलिङ भ्याट सहयोग गरिएको हो ।

jagaa add

उक्त चिलिङ भ्याटको क्षमता ३ हजार लिटर रहेको नगरपालिकाको पशु विकास शाखाका प्रमुख ताराप्रसाद अवस्थीले जनकारी दिएका छन ।

joshi vada pasal 2

दुग्ध संकलन केन्द्र बेलौरीले माग गरे बमोजिम चिलिङ भ्याट सहयोग गरिएको उनले बताए । उनले भने, ‘चिलिङ भ्याट केन्द्रलाई उपलब्ध भएपछि दुग्ध भण्डारण गरी सहज रुपमा बिक्रीवितरण गर्न सक्छ । चिलिङ भ्याटको अभावमा विगत जस्तो दूध बिग्रिने डर हुदैन ।’

texas
सम्बन्धित पाेस्टहरु
Loading...