बाजुरामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ सेवा सुरु गरिदैं

बाजुरा – जिल्ला अस्पताल बाजुरामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ सेवा सुचारु गर्ने तयारी गरिएको छ । अबको एक साता भित्रै अस्पतालमा स्त्रीरोग विशेषज्ञ सेवा सुचारु गर्ने तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

bishal shuit house

जिल्ला अस्पताल अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मिलन जोशीले अबको एक साता भित्र स्त्रीरोग विशेषज्ञ जिल्ला अस्पतालमा हाँजीर हुने बताए । उनले भने,’काठमाडौँमा एक जना स्त्रीरोग विशेषज्ञ डाक्टरसँग बाजुरा अस्पतालमा आउने सहमति भइसकेको छ, एक साता भित्रै अस्पतालमा सेवा दिनुहुन्छ ।’

joshi vada pasal 2

अन्य सेवा तथा उपचार नियमित भैरहेको भएपनि स्त्रीरोग विशेषज्ञ नहुँदा गर्भवती महिलाको उपचारमा समस्या हुने गरेको डाक्टर मिलनको भनाई छ ।

दुर्गम जिल्ला भएकाले धेरै डाक्टरहरु बाजुरा आउन मान्दैनन् डाक्टर मिलनले भने कोही आइहाले पनि बस्न मान्दैनन्,अहिले एक जना स्त्रीरोग विशेषज्ञ डाक्टरलाई कन्भेन्स गरेर बाजुरा आएर सेवा दिने पक्का भएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.