बैतडीमा आफन्तबाटै बलात्कृत बालिकाको उपचारमा समस्या

बैतडी – बैतडीमा आफन्तबाटै बलात्कृत बालिकाको उपचारमा समस्या भएको छ । दशरथचन्द नगरपालिकाकी ८ बर्षीय बालिका असार १५ गते स्थानीय दाजु नाता पर्ने बाटै बलात्कृत भएकी थिइन । बलात्कार पछि बेहोस अवस्थामा फेला परेकी ति बालिकालाई जिल्ला अस्पताल बैतडीमा राखेर १ हप्ता उपचार गरिएको भएपनि पुनः समस्या बल्भिएपछि उपचारमा समस्या भएको हो ।

bishal shuit house

ति बालिकालाई साउन ११ गते पुनः अस्पतालमा भर्ना गरिएको भएपनि आर्थिक अभावमा उपचारमा समस्या भएका बालिकाकी आमाले बताएकी छिन । उनकी आमाले छोरीको थप उपचारका लागि धनगढी लग्नुपर्ने अस्पतालले बताएपनि आर्थिक अभावका कारण लग्न नसकेको बताएकी छिन ।

joshi vada pasal 2

पीडित बालिकाका बुवा अपांग छन् । उनी जन्मजात आँखा देख्दैनन् । बलात्कार आरोपित पीडक किशोर अझै फरार रहेका छन् । बालिकाकी आमा खेतमा मकै गोड्न गएको बेला बालिका माथी घरमै बलात्कार भएको थियो । उता जिल्ला प्रहरी कार्यालयले भने बलात्कार आरोपीत फरार किशोरको खोजी कार्य जारी रहेको जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.