लायन्स क्लब अफ अत्तरिया सिटीको अध्यक्षमा कडायत

अत्तरिया – लायन्स क्लब अफ अत्तरिया सिटीको अध्यक्षमा कमल कडायत चयन भएका छन । बुधबार बसेको क्लबको बैठकले कडायतलाई वर्ष २०२२/२३ का लागी अध्यक्षमा चयन गरेको हो ।

अत्तरिया जेसिजका पुर्व अध्यक्ष समेत रहिसकेका कडायत अत्तरिया उद्योग वाणिज्य संघका वस्तुगत उपाध्यक्ष पनि हुन ।

joshi vada pasal 2

यसैगरी बैठकले वर्ष २०२२/२३ का लागी क्लबको प्रथम उपाध्यक्षमा दिनेश बोहरा, द्धितिय उपाध्यक्षमा रवि खनाल र तृतिय उपाध्यक्षमा तेज खड्कालाई चयन गरेको छ । यस्तै क्लबको सचिवमा धर्म देव नौन्याल चयन भएका छन भने कोषाध्यक्षमा धन बहादुर बोगटी चयन भएका छन ।

bishal shuit house

बैठकले विर बहादुर कडायत, तिर्थराज ओझा, खेमराज जोशी र हरि भट्टराइलाई क्लबको विभिन्न कार्यको जिम्मेवारी दिने गरी सदस्य तोकेको छ ।

maya metro hospital

बुधबार एक औपचारीक कार्यक्रमका बिच वर्ष २०२१/०२२ का अध्यक्ष योगेन्द्र हमालले नवनिर्वाचित अध्यक्ष कमल कडायतलाई पद हस्तान्तरण गरेका छन ।

लायन्स क्लब अफ ईन्टरनेशनल नेपाल ३२५ एनका गर्वनर पिएमजेएफ सि.वि चन्दको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन नेपालका प्रथम डिस्ट्रिक्ट गर्भनर एमजेएफ मुकुट ढकाल, लायन्स क्लब अफ ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन नेपालका सचिव गोबिन्द अधिकारी, लायन्स क्लब अफ ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन नेपालका कोषाध्यक्ष खेमराज भट्ट, रिजन चेयर पर्सन प्रमोद अधिकारी, डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ यज्ञराज जोशी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको सञ्चालन वर्ष २०२२/२३ का सचिव धर्मदेव नौन्यालले गरेका थिए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.