कैलाली कञ्चनपुरमा २ हजार क्षमताका होल्डिङ सेन्टर निर्माण

धनगढी – कैलाली र कञ्चनपुरमा २ हजार जना मानिस अटाउने होल्डिङ सेन्टर निर्माणको काम सम्पन्न भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका – ३ बडहरा र कञ्चनपुरको भीमदत्त नगरपालिका – १८ को सालघारीमा एक/एक हजार जना अटाउने होल्डिङ सेन्टर निर्माणको काम सम्पन्न गरिएको छ ।

bishal shuit house

उक्त होल्डिङ सेन्टर भारतबाट फर्किएका कोरोनाका शंकास्पद संक्रमितलाई राख्न बनाइएका हुन । होल्डिङ सेन्टर ५८ करोड ५ लाखको लागतमा निर्माण गरिएको निर्माण कम्पनी हनुमान कन्सट्रक्सनले जनाएको छ ।

joshi vada pasal 2

नेपाली सेना मार्फत निर्माण गरिएका उक्त होल्डिङ सेन्टर संचालनको मोडालिटिका बारेमा भने अझै टुङ्गो नलागेको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.