कञ्चनपुरको चौधर नदीमा आएको बाढीले सार्कीटोल उच्च जोखिममा

कञ्चनपुर – कञ्चनपुरको चौधर नदीको बाढीले सार्कीटोल उच्च जोखिममा परेको छ । बेदकोट नगरपालिका – ४ बैताडामा रहेको सार्कीटोल बाढीले कटान गर्न थालेपछि करिब १ दर्जन घर बाढीको उच्च जोखिममा परेका हुन ।

नदीको बाढीले जग्गा कटान गर्दा स्थानीय क्रिसन भुलको परिवार विस्थापित एको छ । सशस्त्र प्रहरी बल र स्थानीय वासिन्दाको सहयोगमा भुलको कच्ची घरलाई बुधवार सुरक्षित स्थानमा सारिएको छ । चुरे क्षेत्रमा रातिका बेला वर्षा हुँदा नदीमा बाढी आउँदा भुलको घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको स्थानीय राजुराम भुलले बताए ।

joshi vada pasal 2

उनका अनुसार बस्तीका ११ परिवार नदीको उच्च जोखिममा रहेका छन् । ४ वटा घर नदीबाट ४ मिटर टाढा मात्रै रहेका छन् । ‘जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्यमा लागेका छौं,’ उनले भने, ‘विस्थापनमा परेका परिवार आफन्तको शरणमा बसेका छन् ।’ नदीको बाढीको बहाव घटे पनि जोखिम कायमै रहेको उनले बताए ।

स्थानीय हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बाल विकास केन्द्र नदीले जग्गा कटान गर्दा उच्च जोखिमा परेका छन् ।

maya metro hospital
bishal shuit house

जनताको तटबन्ध कार्यालयबाट १ हजार ५०० बोरी ल्याएर नदीमा अस्थायी तटबन्ध निर्माणको कार्य शुुरू गर्ने भने पनि नदीको बहाव उच्च हुँदा अस्थायी तटबन्ध निर्माण अगाडि बढाउन नसकिएको स्थानीय वासिन्दाले बताए ।

नदीको बहाव परिवर्तन गर्नका लागि नगरपालिकाले स्काभेटर पठाउन लागेको जानकारी दिए पनि हालसम्म नपुगेको स्थानीय वासिन्दाको भनाइ छ । ‘सशस्त्र प्रहरीले समेत अस्थायी तटबन्ध निर्माणमा सहयोग गर्ने भनेका छन्,’ स्थानीय रगीले भने, ‘नदीमा पानीको बहाव उच्च भएकाले सशस्त्र प्रहरीको टोली अहिले फिर्ता भएको छ ।’

चुरे क्षेत्रमा पानी पर्दा बस्ती नै सार्नुपर्ने अवस्थामा पु¥याएको उल्लेख गर्दै उनले तराईमा ठूलो पानी परे बस्ती नै छाडेर भाग्नुपर्ने अवस्था रहेको जानकारी दिए ।

नदीको बाढीले हालसम्म पार्की टोलका धुर्पु पार्की, दिलु ओड, गेडे पार्की, धनगिरी ओड लगायतको ५ बिघा बढी जग्गा बगाएर बगरमा परिणत गरेको छ । धान, मास, तिल लगायत रोपेको खेतबारी नदीले बगाउँदा स्थानीय वासिन्दा निकै चिन्तित भएका छन् । चुरे क्षेत्रमा वर्षा हुन थालेपछि सार्कीपार्की टोलका वासिन्दा रातिका बेला अनिदोमै रात बिताउने गरेका छन् ।

वर्षा हुन थालेपछि नदीमा बढी आउने डरले घर छाडेर बालबालिकासहित सुरक्षित हुनका लागि आफन्त कहाँ शरण माग्न जानुपर्ने बाध्यता रहेको स्थानीय वासिन्दा बताउँछन् । बस्तीमा नदीको बाढी पस्ने भएकाले कटानीसँगै डुबानको समस्या रहेको छ । स्थानीय वासिन्दाले बस्ती सुरक्षित गर्नका लागि सम्बन्धित निकायसँग आग्रह समेत गरेका छन् ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.