आरक्षण सीट लागू नगर्ने सवारीलाई कारबाही

काठमाडौँ – उपत्यका ट्राफिक प्रहरी कार्यालयले आरक्षण सीट लागू नगर्ने सावारीसाधनलाई कारबाही गर्न सुरु गरेको छ । उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागू नगर्ने १९ वटा सार्वजनिक सवारीसाधनलाई कारबाही गरेको छ ।

maya metro hospital

जसअन्तर्गत उपत्यका बाहिर चल्ने ४ वटा यात्रुवाहक बस, उपत्यकामा चल्ने १४ वटा यात्रुवाहक बस र १ वटा माइक्रो बसलाई नियम बमोजिम कारबाही गरेको प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

joshi vada pasal 2

उक्त चेकजाँच अभियानलाई निरन्तर सञ्चालन गरिने पनि ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.