यस्ता छन भीमदत्त पन्तका योगदान

राजेन्द्र भट्ट/ महेन्द्रनगर – किसान नेताका सहिद भीमदत्त पन्तको ६९ औं स्मृति दिवस कञ्चनपुरसँगै उहाँको जन्मथलो डडेल्धुरा जिल्लामा हरेक बर्ष मनाउने गरिएको छ। कञ्चनपुरको भीमदत्त स्मृति पार्क, ब्रह्मदेव र बेलारी सँगै डडेल्धुराको बागबजारमा सहिद भीमदत्तको सालिकमा औपचारिक कार्यक्रमको आयोजना गरी साउन १७ गतेका दिन माल्यार्पण गरियो।

अहिले सालिकमा सीमित हुनुभएका सहिद भीमदत्त पन्तका बारेमा अन्यत्रको कुरा छोडौँ, उहाँको कर्मथलोका धेरै मानिसलाई थाहा छैन। ‍

joshi vada pasal 2

आखिर को हुन भीमदत्त? किन बन्यो उहाँको सालिक? भन्ने कुराबारे सबै अवगत हुनु आवश्यक भएको वताउनुहुन्छ अखिल नेपाल किसान महासंघ राष्ट्रिय समिति सचिवालय सदस्य खेम सुवेदी। सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहनुभएका सुवेदीले भन्नुभयो, ‘उहाँ किसान नेतामात्रै नभएर आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक परिवर्तनका संवाहक हुनुहुन्थ्यो। उहाँको योगदानको ढिलै भएपनि राज्यले कदर गरेको छ। जसलाई आजका दिन हामी सहिद भीमदत्त पन्त स्मृति दिवसका रुपमा मनाउँदै आएका छौं।’ राज्यबाट हुने दमनका विरुद्धको लडाईँका क्रम सहादत पाएको उहाँले देशमा आमूल परिवर्तन चाहेको अध्यक्ष सुवेदीको भनाई छ।

यिनै सहिदका नाममा तत्कालीन महेन्द्रनगर नगरपालिकालाई भीमदत्त नगरपालिका घोषण गरिएको छ। त्यस्तै भीनपा –४ मा भीमदत्त पन्त स्मृति भवन निर्माण गरी उहाँको स्मरण गराउने सामाग्री संकलन गरी संग्रहालयमै राख्ने तयारी समेत भइरहेको उहाँले जानकारी गराउनु भयो।

maya metro hospital

को हुन् भीमदत्त पन्त?

तारानाथ पन्त उहाँका बुबा हुन। उहाँ वि.सं. १९८३ साल मंसिर १० गते आमा सरस्वती देवीको कोखबाट भीमदत्तको डडेल्धुरा जिल्लाको घटाला कारीगाउँमा ( अहिलेको अमरगढी नगरपालिका –१) मा वि.सं. १९८३ साल मंसिर १० गते जन्म भएको थियो।

सहिद भीमदत्तले ११ वर्षको उमेरमा पार्वतीदेवी (ईश्वरी) सँग विवाह गर्नु भएको थियो। भीमदत्त दम्पतीका दुई छोरा र एक छोरी जन्मे पनि जीवित रहेनन्।

१५ वर्षको उमेरमा भारतको उत्तरप्रदेश सिंघाईबाट हाईस्कुल पास गरेपछि उहाँ स्वदेश फर्किनु भयो। गृहजिल्ला फर्केपछि उहाँले डडेल्धुराको बिरखनमा संस्कृत पाठशाला खोल्नु भयो। त्यसपछि भीमदत्तले केही अन्तरालमा तल्लो सोरठ र रूपालमा पनि पाठशाला खोल्नु भएको थियो।

२००१ सालमा भारत पढ्न गएका भीमदत्त त्यतिबेला भारतमा अंग्रेज हटाउ आन्दोलनमा सहभागि हुँदा पक्राउ समेत पर्नुभएको थियो। २००३ सालमा छुटेपछि उहाँले डडेल्धुराको शैक्षिक तथा सामाजिक परिवर्तनमा प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो। त्यसमध्ये एक बाहुन परिवारको भए तापनि उहाँले दलितका घरमा खाना खाएर छुवाछुत अन्त्यको घोषणा समेत गर्नु भएको थियो।

bishal shuit house

भीमदत्तको राजनीतिक यात्रा

भीमदत्तले नेपाल फर्केर २००६ सालमा नेपाली कांग्रेस पार्टीको सदस्यता लिनुभयो। २००८ सालको किसान आन्दोलनमा मतभेद आएपछि उहाँले कांग्रेस छाडे। त्यसपछि कम्युनिष्ट पार्टीतिर लगाव राख्दै गरेका भीमदत्तले २००९ सालमा काठमाडौँ पुगेर पार्टीसँग सम्पर्क गर्नुभयो।

सामन्ती संस्कारका विरुद्ध घरमै विद्रोह गर्ने भीमदत्तले अन्याय सामाजिक भेदभाव सहन नसक्ने २००७ सालदेखि आन्दोलनको सुरुवात गर्नुभएको थियो। गरीब, दलित, जनजाति किसानहरूलाई सङ्गठित गरी राणा विरोधी आन्दोलनमा समेत भीमदत्तको ठूलो भूमिका रहेको थियो। तर २००७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले गरेको व्यवहारबाट रुष्ट भीमदत्तले क्रान्ति पूरा नभएको भन्दै राणासँग मिलेर बनाएको सरकारको विरोध गर्नुभयो। परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्तले दलित मगर र थारूहरू सङ्गठित गरी मुक्ति सेना गठन गर्नुभयो। यसमा नेपालगञ्जका गौरीलाल र रुपिसिंह दुई जना सेनाका कमान्डर थिए।

‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्दै सशक्त रूपमा किसान आन्दोलन गर्ने विद्रोही भीमदत्तले किसानको हक हितमा आवाज उठाउनु भएको थियो। त्यति सर्वसाधारणले नुनसमेत खान नपाएको देखेर नुन आन्दोलनको घोषणा गरी कञ्चनपुरको ब्रह्मदेवमा रहेको गोदामबाट गरिबहरूलाई नुन वितरण समेत गर्नु भएको थियो। उहाँ ‘जसको जोत उसको पोत, कमैया प्रथा उन्मूलन’ आन्दोलनमा समेत सक्रिय भएर लाग्नु भएको थियो। उहाँले किसानका जाली तमसुक बनाउने र श्रमशोषण गर्ने ठालुहरू विरुद्ध कारवाहीसँगै दलितले पकाएको भान्सामा खाना खान लगाउनु भएको थियो।

कांग्रेससँग वैचारिक मतभेदपछि उहाँले अभिवादन गर्दा जय नेपाल भन्न छोडेर जय जनता भन्न थाल्नुभएको जानकार बताउँछन। केही ठाउँमा जय नेपाल भन्नेलाई उहाँले कारबाहीसमेत गर्ने गरेको भनाई छ।

उहाँले ‘गरिबहरू सङ्गठित हुनुपर्छ। अन्न खेर फाल्नु हुँदैन। उत्पादन बढाउनुपर्छ। अनावश्यक खर्च घटाउनु पर्छ। प्रकृति बिगार्ने काम गर्नु हुँदैन’ लगायतका सचेतना अभियानसमेत चाल्नु भएको थियो।

सहिद भीमदत्तको आन्दोलनबारे खोज गरी प्रकाशन गरिएको ‘सहिद भीमदत्त पन्त’ नामक कृति प्रकाशन गरिएको छ। लेखक तथा प्राध्यापक कल्याण ओझाको २०६३ मा प्रकाशित गरेको कृती निकै सान्दभिर्क देखिन्छ। जसमा अन्याय र भेदभाव सहन नसक्ने स्वभावका भीमदत्तले २००७ सालदेखि नै आन्दोलनको सुरुवात गर्नु भएको उल्लेख गरिएको छ। उठ जाग रे, नेपाली नवजवान जाग रे, नेपाल देशलाई स्वतन्त्र बनाउ रे लगायतका देशभक्ति गीत समावेश छन्।

कसरी भयो हत्या?

भीमदत्तले वि.सं. २००९ सालमा कञ्चनपुर जिल्लाको ब्रह्मदेवमा लुकाएर राखिएको नुनको गोदाम कब्जा गर्नु भएको थियो। उक्त गोदामबाट कब्जा गरेको नुन किसानलाई बितरण गरेपछि भीमदत्त नेपाली र भारतीय शासकका दुश्मनका रुपमा चिनिनु भएको थियो।

वि.सं. २०१० साउन १७ गते डडेल्धुराको साबिकको आलिताल र डोटीको छतिवन गाविसको सीमाना क्षेत्रको गल्लेखमा खाना खाइरहेका बेला नेपाल र भारतका सेनाले घेरा हालेका थिए। दुबै देशको सेना टोलीले संयुक्त रुपमा घेरा हाले पछि भीमदत्तकै मित लालबहादुर थापाले धोका दिएर उहाँको हत्या गरिएको भनिन्छ। यसको अधिकारिकता पुष्टि कतैबाट हुँदैन । उहाँलाई फाँसी नभई गोली हानेर हत्या गरिएको र पछि टाउको काटेका भनाई छ। आइन्दा कसैले पनि विद्रोह नगरोस् भनेर आमजनतालाई तर्साउन उहाँको टाउको काटेर डडेलधुराको चोकमा झुन्ड्याइएको थियो। भीमदत्तलाई राज्यले वि.सं.२०७२ फागुन १९ गते सहिद घोषणा गरेको हो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.