६ लाख रुपैयाँ घुस लिँदै गर्दा उपसचिव रंगेहात पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस सहित रंगेहात पक्राउ गरेको छ ।

bishal shuit house

उनी ६ लाख घुस सहित पक्राउ परेका अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् । उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

joshi vada pasal 2

पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको हो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.