कञ्चनपुरमा भीमदत्त पन्तको शालिकमा माल्यार्पण गरियो

कञ्चनपुर – कञ्चनपुरमा किसान नेता सहिद भीमदत्त पन्तको ६९ औं स्मृती दिवसको अवसरमा उनको शालिकामा माल्यापण गरिएको छ । भीमदत्त बाटिकामा सहिद भीमदत्त पन्त स्मृती प्रतिष्ठानले शहित पन्तको शालिकमा अबिर पुष्पगुच्छा र माल्यार्पण गरि उनको योगदानको स्मरण गरि स्मृती गरेको हो ।

bishal shuit house

कार्यक्रमका सहभागिहरुले तत्कालीन समयमा शहिद पन्तले किसान र बिपन्न वर्गका लागी गरेको संर्घषको स्मरण गरिएको थियो ।
डडेल्धुरामा जन्मीएर कञ्चनपुरलाई क्रान्तीको मुख्य क्षेत्र बनाएका किसान आन्दोलन गरेका सहिद पन्तको योगदान अहिले पनी स्मरणयोग्य रहेको चर्चा गरिएको थियो ।

joshi vada pasal 2

स्मृती प्रतिष्ठानका सचिब हरि प्रसाद जोशीले ब्रम्हदेव नुन काण्ड र ठुला ठालुहरु बिरुद उनको जेहाद अहिलेपनी सान्दर्भिक रहेको बताएका छन् ।

उनले अहिले ब्यवस्था फरीएपनी अवस्था उस्तै रहेको बताउँदै गरिब दिनदुखीहरुको हक अधिकारका लागी लड्ने भीमदत्तपन्त जस्ता योद्धाहरुको आवश्यकता महसुस भएको बताए । कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी, पुर्व उप सभामख भोजराज जोशी, नेकपा एमाले पोलिट ब्युरो सदस्य राजेन्द्र सिंह रावल लगायतको उपस्थीती रहेको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.