अखाद्यवस्तु उत्पादन र बिक्री गर्ने ११५ कम्पनी विरुद्ध मुद्दा दायर

काठमाडौं – खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले एक वर्षमा न्यूनस्तर तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा ११५ वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

maya metro hospital

वर्षभरि ४ हजार ६६० वटा वस्तुको नमुना संकलन गर्दा २२४ वटा वस्तुको नमुना मानिसको स्वास्थ्य प्रतिकूल रहेको पाइएको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले जानकारी दिइन् । जसमध्ये ११५ वटा नमुना मुद्दामा गएको र केहीमा अनुसन्धान जारी छ ।

joshi vada pasal 2

विभागका अनुसार नमुना परीक्षणमा मानव स्वास्थ्यका लागि प्रतिकूल खाद्यवस्तु सबैभन्दा धेरै तरकारी तथा सागपातमा देखिएको छ । धेरै मुद्दा भने खाद्यान्न र दलहनको उत्पादकविरुद्ध दायर गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

आव २०७८/७९ मा खाद्यान्न र दलहनको ३०, दूध तथा दुग्ध पदार्थका १९, दानाका १८, पिउने पानीका १४ र कफीका ८ वटा उत्पादकविरुद्ध मुद्दा दर्ता भएको छ । यस्तै फलफूल तथा सागपातको ७ वटा, मसलाको ५ वटा, गुलियो पदार्थको ३ तथा घ्युजन्यका २ वटा कम्पनी, सोयाससको एक र अन्य ८ वटा कम्पनीविरुद्ध पनि विभागले मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.