डडेल्धुरा अस्पतालमा निःशुल्क शल्यक्रिया शिविर संचालन

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा पाँचदिने निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको छ । डडेल्धुरा अस्पतालमा विज्ञ शल्य चिकित्सकद्वारा निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

bishal shuit house

शिविरको एक समारोहकाबीच प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहोराले उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै मन्त्री बोहराले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

joshi vada pasal 2

उनले सडक निर्माणलगायतका काम एकवर्ष ढिला भए पनि केही नहुने तर, स्वास्थ्य उपचार नपाए मानिसले ज्यान गुमाउनुपर्ने अवस्था भइकाले प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको दाबी गरे ।

उनले आम नागरिकलाई समयमै उपचार पाउने गरि प्रदेश सरकारले स्वास्थ्यका संरचना निर्माण र व्यवस्थापनमा जोड दिएको बताए। निःशुल्क शिविरमा आगोले पोलेका, ओठ, तालु फाटेकाहरुको शल्यक्रिया गरिने जनाइएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.