बाढीले श्रीमान्–श्रीमती बगायो

कपिलवस्तु – अविरल वर्षासँगै आएको बाढीले मंगलबार एक दम्पतीलाई बगाएको छ । बाढीमा बगेकी श्रीमतीको शव फेला परेको छ भने श्रीमानको अवस्था अज्ञात छ । 

bishal shuit house

वाणगंगा नगरपालिकास्थित कोइली खोलाले वाणीगाउँका स्थानीय ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीया श्रीमती राममाया सुनारलाई बगाएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

joshi vada pasal 2

जंगलबाट नदी तरेर घर फर्कने क्रममा उनीहरुलाई बगाएको हो । उनीहरुसँगै बगेका १२ वर्षीय छोरा निरज सुनारलाई स्थानीयले उद्धार गरेका थिए ।

बेपत्ता राममायाको शव एक किलोमिटर तल भने फेला परेको प्रहरी नायब उपरिक्षक जेसी शाहले बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.