कञ्चनपुरबाट लुटपाटमा संलग्न दुई भारतीय पक्राउ

 

कञ्चनपुर – भीमदत्त नगरपालिका –३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई  केकमा नशालु पदार्थ मिसाई बेहोस बनाई लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

bishal shuit house

जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार पक्राउ पर्नेमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा रहेका छन्। २०७८  साल माघ २१ गते  पाण्डेयको घरमा कोठा भाडामा लिएर बस्दै आएका दुवै जनाले आफनो वर्थ डे भएको भन्दै परिपञ्च रचेर पाण्डेय परिवारलाई केकमा नशालु पदार्थ मिसाई खान दिएका थिए। केक खाए पछि परिवारका सबै जना बेहोस भएपछि भारतीयले गरगहना, मोवाईल सेट,ल्यापटप लगायतका सामग्री लुटेर फरार भएका थिए।

joshi vada pasal 2

‘लुटपाट पछि दुवै जना भागेर फरार रहेका  थिए’ प्रहरी नायब उपरीक शाहले भने, ‘दुवै जना डाँका चोरी मुद्दामा कारागार कार्यालय धनगढी, कैलालीमा थुनामा रहेको जानकारी पाईए पछि जिल्ला अदालत कैलालीको आदेशले कार्यालयमा ल्याई आवश्यक अनुसन्धान गरि रहेका छौं।’

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.