सात महिनामा २ लाख ८२ हजार पर्यटक नेपाल भित्रिए

सन् २०२२ को सातौं महिना जुलाईमा ४४ हजार ४ सय ६२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या हवाई मार्ग हुँदै आउने पर्यटकको हो । अघिल्लो महिना जुनमा ४६ हजार ९ सय ५७ पर्यटक आएका थिए ।

maya metro hospital

अध्यागमन विभागका अनुसार सन् २०२२ को ७ महिनामा २ लाख ८२ हजार २ सय ७५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । अप्रिल र मे महिनाको तुलनामा जुन र जुलाइमा पर्यटक आगमन दर भने घटेको छ । अप्रिलमा ५८ हजार २ सय ४८, मेमा ५३ हजार ६ सय ८, जुनमा ४६ हजार ९ सय ५७ र जुलाईमा ४४ हजार ४ सय ६२ पर्यटक नेपाल आएका छन् ।

joshi vada pasal 2

अफ सिजनमा पनि पर्यटक आगमनदरमा क्रमश: वृद्धि हँुदै जानु सकारात्मक भएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.