थारु समुदायमा आज गुरही पर्व मनाईदै

धनगढी – थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरहीपर्व आज मनाइदैछ । नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले गुरहीलाई थारु समुदायले धुमधामकासाथ मनाउँदैछन् ।

bishal shuit house

थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजागर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने नै हो ।

joshi vada pasal 2

गुरहीकै दिनदेखि वर्षायाम अन्त्य भई हिउँद शुरुभएको मानिन्छ । तर थारु समाजमा यो तिहारलाई फरक किसिमले लिने गरिन्छ । खेतीपातीको काम भ्याएर सबैजना घरमा फुर्सदिलो भएकाबेला आउने यो पर्व पर्दछ । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ ।

यसैबिच गुहरीको अवसरमा कैलारी गाउँपालिकाले आज विदा दिएको छ । सोमबार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले गुरहीको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको हो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.