धनगढी उपमहानगरलाई औषधि सहयोग

कैलाली- धनगढी उपमहानगरपालिकालाई पौने ६ लाख बराबरको औषधि सहयोग गरिएको छ। ‘हाम्रो धनगढी हामी बनाउँछौं’ महाअभियान अन्तर्गत साउन १ गतेबाट सुरु भएको विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सेवा कार्यक्रममा निःशुल्क वितरणका लागि डिबी मेडिसिन सेन्टरले औषधि सहयोग गरेको हो।

bishal shuit house

सेन्टरले ५ लाख ८८ हजार ६ सय ५७ रुपैयाँ बराबरको औषधि सहयोग गरेको उपमहानगरले जनाएको छ। सोमबार डिबी मेडिसिन सेन्टरका सञ्चालक दुष्यन्त बस्नेतले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई औषधि हस्तान्तरण गरेका छन्।

joshi vada pasal 2

औषधि हस्तान्तरण गर्दै बस्नेतले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको औषधि सहयोग गरेको बताए । उपमहानगरपालिकाका मेयर हमालले निजी क्षेत्रबाट उल्लेख्य सहयोग भएको बताउँदै नि:शुल्क औषधि वितरण अभियानमा यसले सहयोग पुग्ने जिकिर गरे । उनले डिबी मेडिसिनका संचालन बस्नेतलाई अभियानमा जोडिएकामा धन्यवाद समेत दिए ।

उपमहानगरपालिकाले साउन १ गतेदेखि निःशुल्क रुपमा विशेषज्ञ सेवासहित स्वास्थ्य उपचारका लागि १९ वटै वडामा कार्यक्रम सञ्चालन गरिरहेको छ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.