गोदावरीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि ठेक्का सम्झौता

 

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि ठेक्का सम्झौता भएको छ । एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना धनगढी मार्फत निर्माण हुने एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रका लागि चिनिया कम्पनी संग ठेक्का सम्झौता भएको हो ।

maya metro hospital

क्षेत्रीय सहकारी विकास आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी द्रोण कटुवालले फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि चाइनाको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरीङ कम्पलेक्ससंग ठेक्का सम्झौता गरिएको बताए ।

joshi vada pasal 2

गोदावरी नगरपालिकाको फोहोर मैला व्यवस्थापनका लागि नगरपालिकाको वडा नम्बर ३ मा रहेको चौकीडाँडा सामुदायीक वन भित्रको क्षेत्र छनोट गरिएको थियो । जसमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चिनिया कम्पनी संग ५१ करोडमा ठेक्का सम्झौता गरिएको छ ।

सूचना अधिकारी कटुवालले उक्त कम्पनी संग २ बर्ष भित्र काम सक्ने गरी १८ जुलाई २०२२ मा ठेक्का सम्झौता भएको बताए । उनले कम्पनीलाई काम सुरु गर्नको लागि पत्राचार गरिसकिएको बताए । ५ हेक्टर क्षेत्रफलमा निर्माण हुने एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रुख पनि काट्नु पर्ने भएकाले कटान आदेशका लागि प्रक्रिया अगाडी बढाइसकेको क्षेत्रिय सहरी विकास आयोजना इकाई कार्यालय धनगढीले जनाएको छ ।

हाल गोदावरी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र नहुँदा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमै फोहोर लगेर अव्यवस्थित रुपमा फालिने गरेको छ । केन्द्र निर्माण भएपछि कुहिने र नकुहिने फोहोरलाई छुट्याई मेसिनको सहायताले प्रशोधन गरी कम्पोष्ट मल र बायोग्यास उत्पादन गर्नका लागि पक्की संरचना निर्माण गरिने बताइएको छ ।

जस अन्तरगत फोहोरमैला व्यवस्थापन केन्द्र जानेबाटो, बिजुलीको व्यवस्थापन, फोहोर व्यवस्थापन केन्द्रमा कम्पाउण्ड, फोहोर फाल्ने ब्लक, फोहोर प्रशोधन यन्त्र लगायतका संरचनाहरु निर्माण गरीने छन । फोहोरमैला व्यवस्थापन केन्द्रमा घरबाट फोहोर संकलन गर्ने देखि लिएर डिस्पोजल गर्ने, प्युरिफाई गर्ने र कुहिने फोहोरबाट मल बनाइने बताइएको छ ।

फोहोरमैला व्यवस्थापन केन्द्रबाट प्राङ्गारीक मल उत्पादन गरिने जनाइएको छ । परियोजनालाई २५ देखि ३० बर्ष सम्म प्रयोग गर्न मिल्ने गरि डिजाईन गरिएको जनाइएको छ । एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणपछि रोजगारीमा वृद्धिसँगै नगरपालिकाको राजस्वमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा कैलाली र कञ्चनपुरका गरी चारवटा स्थानीय तहमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढेको छ । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिका गरी चारवटा नगरपालिकामा उक्त केन्द्र निर्माणको काम अघि बढेको हो ।

गोदावरीको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न भइसकेको छ ।
एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना धनगढी मार्फत हाल गोदावरीमा नगरपालिका भवन निर्माण र सडक निर्माणको काम भइरहेका छन । जसअन्तरगत नगरपालिका भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने बिभिन्न सडकहरु निर्माणको काम पनि जारी रहेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.