सुदूरपश्चिममा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

अत्तरिया – सुदूरपश्चिममा सोमबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३९८ जनाको कोरोना परिक्षण गरिएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

bishal shuit house

जसमा १४ जनामा एन्टीजेन बिधिबाट कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको हो भने २२ जनामा पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

joshi vada pasal 2

सोमबार सेती प्रादेशिक अस्पताल धनगढीमा ४८ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये २१ जना कैलाली र १ जना कञ्चनपुरका रहेका छन ।

एन्टिजेन बिधिबाट सीमामा गरिएको कोरोना परिक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार गड्डाचौकी नाकाबाट भित्रिएका २८० जनाको एन्टीजेन परिक्षण गर्दा १०, गौरीफन्टा नाकाबाट भित्रिएका ५४ जनाको एन्टीजेन परिक्षण गर्दा ३ र बैतडीको झुलाघाट नाकाबाट भित्रिएका १५ जनाको कोरोना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.