पहिचान गुमाउँदै सूदूरपश्चिमका दास समुदाय

डडेलधुरा — दास समुदाय धेरैलाई नयाँ लाग्न सक्छ । सुदूरपश्चिमको डडेलधुरा र बैतडीको सिमानामा दास समुदायको एउटा गाउँ नै छ । डडेलधुराको भागेश्वर गाउँपालिका–४ को सुर्नया नदीमाथि डाँडामा बसेको दास समुदायको यो गाउँ बसेको धेरै वर्ष भएको छैन । उनीहरू बैतडीको तल्लो स्वराडबाट आएका हुन् । दास समुदाय सुदूरपश्चिमका ४ जिल्लामा झन्डै पाँच सय परिवार मात्र भएको अनुमान गरिएको छ । तर, यिनीहरूको छुट्टै अनुसन्धान भएको छैन ।

राजनीतिक व्यवस्था पटक–पटक बदलिए, धेरै जातजाति र समुदायको संस्कृति सभ्यताको उत्थानका लागि राज्यले खर्च गर्‍यो, धेरै कानुन बने । धेरैजसो जातजाति र वर्गका अगुवाले यसबाट फाइदा पनि उठाए तर सुदूरपश्चिमका दास समुदायका बारेमा अहिलेसम्म न राज्यले चासो लियो न त कुनै संघसंस्थाले । बैतडी, डडेलधुरा, डोटी र अछाममा सीमित रहेको दास समुदाय आफ्नो पहिचान, सभ्यता र संस्कृति संरक्षणको पर्खाइमा लोपोन्मुख हुन थालेको छ ।

joshi vada pasal 2

सूर्नया नदी छेउमा रहेको झुपडीभित्र ७१ वर्षीय वृद्ध, आँगनमा बाँधिएका बाख्रालाई घाँस हाल्दै गरेकी बुहारी, झुपडी छेउमा रहेको पाखोबारीमा काम गरिरहेका छोरा, जो मुम्बईबाट केही दिनअघि मात्र फर्केका हुन् । झुपडी हेर्दा उनको आर्थिक अवस्था सहज अनुमान लगाउन सकिन्थ्यो । छोराले कोही भेट्न आएको बताएपछि लट्ठी टेक्दै बाहिर निस्केका वृद्ध हरि दासले भने, ‘हामी दास हौं, कोही नेपाली भए, कोही भाँण भए, हामी भने पुर्खाको नासो दास थरलाई बोकेर बाँचिरहेका छौं ।’

आफ्ना पुर्खा र समुदायबारे खोजी नै नभएको गुनासो उनको छ । ‘पुर्ख्यौली कता हो ? दास कसरी भए ? सबै बेलीविस्तार त मलाई पनि थाहा छैन,’ उनले भने, ‘हाम्रो समुदायको सबभन्दा बूढो मैं हुँ ।’ दलित समुदायभित्र पनि दलित मानिने दास समुदायका विषयमा धेरैलाई जानकारी नै छैन । उनले गुनासो गर्दै भने, ‘पेट पाल्नकै लागि आफ्नो पुर्ख्यौली थलो छाडेर झन्डै दुई/तीन सय परिवार छिन्नभिन्न भएका छन् ।’ छिन्नभिन्न परिवारमध्ये कोही भारतमा छन्, कोही अछाम र डडेलधुरा । कोही डोटीको जोरायल क्षेत्रमा पुगेको सुनेको उनी बताउँछन् । ‘हाम्रो मूल थलो भनेको बैतडी शिवनाथ गाउँपालिकाको बसेडी भ्वा भन्ने गाउँ हो,’ उनले भने ।

maya metro hospital
bishal shuit house

हरिदासले आफ्नो बाल्यकाल सम्झँदै भन्छन् ‘चाडपर्व, बिहे–व्रतबन्ध, मेला, जात्रामा हुड्केली गाउने, घर–घरमा पुगेर नाचगान गरी मनोरञ्जन गराएर पाएको वस्तुबाट पेट पाल्ने हाम्रो पुर्ख्यौली पेसा थियो ।’ आफू सानै छँदा नोकरीका लागि भारत पसेका बाबु घर नफर्केको उनले बताए । ‘मैले नै ७१ पार गरिसकें अब त उनी फर्कने आशा पनि छैन,’ उनले भने । पुर्ख्यौली पेसा नाचगानले पेट पाल्न नसक्ने अवस्था आएपछि मजदुरी गर्न भारतका विभिन्न ठाउँमा पुगेर रोजगारी गर्नुबाहेक विकल्प नरहेको उनी बताउँछन् ।

दासमध्ये धेरैले आफ्नो थर परिवर्तन गरेकाले पछिल्ला पुस्ता निकै कमलाई आफ्नो समुदायका बारेमा जानकारी छ । ५३ वर्षीय नन्सी दास भन्छन्, ‘मैले पनि जवान भएपछि मात्र आफू दास भएको थाहा पाएको हुँ । हाम्रो समुदायका धेरैले नेपाली, दमाईं, राना आदि थर लेख्ने गरेका छन् । बिहेबारी पनि उनै–उनैसँग चलेको छ ।’

को हुन दासहरू ?

लोपोन्मुख हुन थालेको दास समुदाय दास प्रथा उन्मूलन हुनुभन्दा धेरै अघि पूर्वी नेपालबाट खरिदबिक्री हुँदै डोटीको जोरायलमा पुगेका हुन् । जोरायलबाट विस्थापित भएर भारत जाने क्रममा बैतडी पुगेका दासका पुर्खालाई स्थानीय ठकुरीहरूले खान, बस्न केही जग्गा दिएर राखेको किंवदन्ती रहेको वृद्ध हरि दासले बताए ।

सस्कृंतिविद् प्रेमराज पाण्डे दासहरू दलितभन्दा भिन्दै भएको दाबी गर्छन् । डोटीको जोरायलबाट बैतडी पुगेपछि मात्र उनीहरू दलित समुदायमा परिणत भएको उनको दाबी छ । ‘सुदूरका जातजातिहरू’ पुस्तकमा उनले लेखेका छन्, ‘देवदास राख्ने प्राचीन चलनअनुसार दास समुदाय स्थापित भएको देखिन्छ ।’ दास प्रथाअनुसारका दास यिनीहरू नभएको उनले उल्लेख गरेका छन् ।

कान्तिपुरबाट

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.