पक्राउ पुर्जी जारी भएपछि विप्लवको पार्टीमा तरङ्ग

३ बुदे सहमती अनुसार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपुर्ण राजनीतिमा आएको भएपनि करिब डेढ बर्ष पछि पुरानै मुद्धामा पक्राउ पुर्जी जारी भएको छ । सहमति कार्यान्वयनमा ढिलाइ भइरहेका बेला पक्राउ पूर्जी जारी भएपछि समूहका नेता कार्यकर्ताहरु झस्किएका छन् ।

विप्लव नेतृत्वको नेकपा संग २०७७ फागुन २० गते सरकारले मुद्धा फिर्ता गर्ने गरी सहमति गरेको थियो । जसमा कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गरी सम्पूर्ण मुद्दाहरु खारेज गर्ने सहमत भएको थियो । तर, अहिले एकाएक आएर पुरानै जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरेपछि पार्टीभित्र तरङ्ग पैदा भएको छ ।

joshi vada pasal 2

‘जनसरकार’ प्रमुखसमेत रहेका नेता सन्तोष बुढामगरले आत्मसमर्पण गराउनका लागि पक्राउ पुर्जी जारी गरिएको भए अदालतमा उपस्थित नहुने बताए । उनले पक्राउ पुर्जी जारी गरेर सरकारले फेरि द्वन्द्वतिर धकेल्न खोजिरहेको अनुभूति भएको बताएका छन । उनले अन्य मुद्दामा पार्टीमा फरक फरक बिचार भएपनि मुद्दाका बिषयमा भने आफूहरु एक ढिक्का हुने बताए ।

bishal shuit house

हाल विप्लवको साथ छाडेर नेकपा बहुमत पार्टी गठन गरिएको छ । अदालतको पक्राउ पुर्जामा भने विप्लवको साथ छोडेकाहरुको नाम पनि उल्लेख छ । नेकपा बहुमतका सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ले अदालतले पुर्जी जारी गरेर ‘क्रान्तिकारी’लाई तर्साउन खोजेको बताए ।

maya metro hospital

पार्टीको युवा संगठनका नेता नविन विश्वकर्माले सरकारले पक्राउ पुर्जी जारी गरेर तीन बुँदे सहमति उल्लंघन गरेको बताए । उता जिल्ला अदालत ललितपुरका श्रेस्तेदार विष्णुप्रसाद पाण्डेले भने राजनीतिक सहमतिको कुरा अदालतलाई थाहा नहुने भएकाले यो प्रक्रिया अनुसार जारी भएको बताएका छन ।

पक्राउ पुर्जीमा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, मोहनबहादुर कार्की, भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राईको नाम उल्लेख छ ।

ललितपुर जिल्ला अदालतले उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ ३५ दिनको म्याद जारी गर्दै पक्राउ पुर्जी जारी गरेको हो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.