कृष्णपुर नगरपालिका कार्यालयमा मास्क विना प्रवेश निषेध

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका भित्र मास्क विना प्रवेश निषेध गरिएको छ । नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढेको भन्दै मास्क बिना कार्यालय भित्र प्रवेशमा रोक लगाइएको जनाएको छ ।

maya metro hospital

प्रमुख प्रशासकीय अधिकृत शिव सिह भण्डारीद्धारा जारी सूचनामा कार्यालय प्रवेश गर्दा अनिवार्य रुपमा मास्क लगाई प्रवेश गर्नको लागि जानकारी दिइएको छ ।

सूचनामा कोरोनाको संक्रमण नेपालमा तिव्र रुपमा फैलिरहेकाले महामारीको संक्रमणबाट जोगिन सुरक्षाका मापदण्ड अपनाउन आवश्यक रहेको उल्लेख गरिएको छ ।

attariya hospital

पछिल्ला केही दिन यता नेपालमा कोरोनाका संक्रिमितको संख्या बढ्दै गइरहेको छ । आइतबार नेपालमा २४ घण्टामा ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने सुदूरपश्चिममा ३२ जना संक्रमित थपिएका थिए । जसमध्ये २१ जना कञ्चनपुरका रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.