धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएको छ । सहकारीले रकम हिनामिना गरेको विषयमा मेयर साम्पाङसँग छलफल गर्न पुगेका उनीहरुले आइतबार कार्यकक्षमा तोडफोड गरेका हुन् ।

bishal shuit house

धरानको बराह सहकारी बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको भन्दै आन्दोलित निक्षेपकर्ताको निशानामा साम्पाङ परेका हुन् । घटनाको भिडियो सामाजिक सञ्जालमा राख्दै मेयर साम्पाङले आफू पीडितको पक्षमा उभिँदा र छानबिन प्रकृया अघि बढाउन खोज्दा कार्यकक्षमा तोडफोड भएको जनाएका छन् ।

joshi vada pasal 2

‘म पीडितको पक्षमा उभिँदा, छानबिन प्रकृया अघि बढाउन चाहँदा सबै प्रकृया विथोल्ने गरी मेरो कार्यालय तोडफोड गर्ने यिनीहरुलाई के भन्नु हुन्छ ! अब यसरी पिडितले न्याय पाउँलान् त ?’ साम्पाङले लेखेका छन् । उनले तोडफोड गर्नेमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.