बझाङमा धामीको भरपर्दा सुत्केरीको मृत्यु

बझाङ — धामीझाँक्रीको भर पर्दा बझाङमा एक जना सुत्केरी महिला र नवजात शिशुको ज्यान गएको छ । उपचारका लागि ढिलो अस्पताल पुर्‍याउँदा थलारा गाउँपालिका–१ मोतीपुरकी २० वर्षीया सिर्जना सुनार र उनको नवजात शिशुको मृत्यु भएको हो । गत बुधबारबाटै सामान्य सुत्केरी व्यथा लागेकी उनलाई शुक्रबार बिहान साढे ६ बजेतिर व्यथासँगै शरीर बाँगिने समस्या भएको थियो ।

bishal shuit house

आँखा, अनुहार र हातगोडा बायाँतिर फर्किने र एकोहोरो श्वास चल्ने भएपछि परिवार सदस्यले उनलाई स्थानीय धामीकहाँ झारफुकका लागि लगेका थिए । उनलाई शुक्रबार दिनभरि र रातभरि स्थानीय धामीले झारफुक गरेका थिए ।

joshi vada pasal 2

सिर्जनाका श्रीमान् एक्लेस सुनारले भने, ‘एक दिन एक रातसम्म झारफुक गर्दा पनि जीउ बाँगिन रोकिएन । उनी झन् बेहोस हुन थालेपछि भोलिपल्ट देउरा अस्पताल लग्यौं ।’ देउरा प्राथमिक स्वास्थ्य केन्द्रले उनको अवस्था नाजुक भइसकेकाले उपचार हुन नसक्ने भन्दै डडेलधुरा रेफर गरेको बताए । शनिबार दिउँसो डडेलधुरा अस्पतालमा पुर्‍याइएकी सिर्जनाको त्यसको ३ घण्टा नपुग्दै मृत्यु भएको थियो ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.