आर्थिक संकटमा बयलपाटा अस्पताल

अछाम – बयलपाटा अस्पतालका हाडजोर्नी विशेषज्ञ डा.मन्दिप पाठक अहिले अस्पतालमा उपचार सँगसँगै आर्थिक संकलनका लागि जुटिरहेका छन् । नेपालमा हड्डीको क्यान्सर हेर्ने चार जना विशेषज्ञ डाक्टरमध्ये पाठक पनि एक हुन् । दुर्गमको नमुना अस्पतालको रूपमा स्थापित बयलपाटा अस्पतालमा उनले सेवा दिइरहेका छन् ।

दातृ संस्थाहरूले अस्पताललाई दिँदै आएको बजेट कटौती भएपछि अस्पताल अहिले आर्थिक संकटमा छ । त्यही आर्थिक संकट समाधान गर्न उनी आवश्यक बजेट जुटाउने अभियानमा छन् । तर, स्वास्थ सेवा प्रदान गर्न आवश्यक बजेट उपलब्ध हुन सकेको छैन । अस्पतालको आर्थिक संकट टार्न अस्पताल सरोकार समिति गठन गरिएको छ । उक्त समितिको टोलीसँगै डा.पाठक अहिले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतका मन्त्रीहरूलाई गुहार्न पुगेका छन् ।

joshi vada pasal 2

‘हामी निःशुल्क उपचारका लागि तत्पर छौं । गुणस्तरीय स्वास्थ सेवाका लागि सरकारले आर्थिक सहयोग गरिदिनुपर्यो,’ डा.पाठकले भने, ‘बजेट विनियोजन गर्छौं त भन्नुहुन्छ तर बजेट दिनेबेला कसैले वास्ता गर्नु हुन्न । मन्त्री, सांसद सबैले आश्वासन दिए पनि कार्यान्वयन गर्दा सम्बोधन हुँदैन ।’

bishal shuit house

बयलपाटाको समस्या समाधानका लागि पहल गर्न अस्पताल सरोकार समिति गठन गरिएको छ । साँफेबगर नगरपालिका–७ मा रहेको अस्पतालका लागि साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर संयोजक रहने गरी बयलपाटा अस्पताल सरोकार समिति गठन गरिएको हो । साँफेबगरले १ करोड विनियोजन गरेको नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले बताए ।

maya metro hospital

आर्थिक वर्ष २०७९/८० मा अस्पताल सञ्चालनका लागि पुजीँगत र चालूतर्फ गरी २२ करोड रकम आवश्यक पर्ने अस्पतालले जनाएको छ । तर, यस आर्थिक वर्षबाट सुदूरपश्चिम प्रदेश सरकार मातहतमा ल्याएर सञ्चालन गरिने गरी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा साढे ४ करोड मात्रै बजेट विनियोजित भएको छ । गत आर्थिक वर्ष ८ करोड बजेट विनियोजित गरेको प्रदेश सरकारले उक्त रकम घटाएर साढे ४ करोडमा सीमित गरेको छ । बजेट पुँजीगततर्फ मात्रै विनियोजित भएको हो। जसका कारण अस्पताल सञ्चालनमा समस्या हुने भएको छ ।

बजेट अभावका कारण अस्पताल बन्द हुन्छ भन्ने चिन्ता उपचार गर्न अस्पताल पुगेका दुर्गमका बिरामीमा समेत परेको छ ।

अन्नपुर्णबाट

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.