टिकटकबाट सरकारको भण्डाफोर गर्न लेखराज भट्टको निर्देशन

डोटी – नेकपा एमालेका सचिव लेखराज भट्टले टिकटक मार्फत सरकारको क्रियाकलापको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार नेकपा एमाले डोटीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, ‘वर्तमान सरकारका गलत क्रियाकलापहरुलाई भण्डाफोर हुने गरी टिकटक बनाउनु होला ।’

maya metro hospital

उनले छाडा संसकृतिलाई प्रोत्साहन हुने गरी टिकटक बनाउन नहुने पनि बताए । ‘टिकटक नबनाउनुस् म भन्दिन, बनाउनुस् तर तपाईले बनाएको टिकटक देशको पक्षमा हुनुप¥यो, राष्ट्रियताको पक्षमा हुनुप¥यो’ उनले भने, ‘तपाईले बनाएको टिकटकले कसैको भावनालाई चोट नपुगोस् ।’

joshi vada pasal 2

एमालेको सरकार भएका बेला भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा महत्वपूर्ण काम भए पनि कार्यकर्ताले जनताको बीचमा लैजान नसकेको सचिव भट्टले बताए ।

‘हाम्रो पार्टी सरकारमा भएका बेला थुप्रै महत्वपूर्ण कामहरु भएका छन्’ भट्टले भने, ‘तर हामीले त्यसको प्रचार गरेनौं, बरु विपक्षी कार्यकर्ताहरुले सरकारको आलोचना गर्दा हामी पनि आलोचना गर्न थाल्यौं ।’

एमालेका सुदूरपश्चिम इन्चार्जसमेत रहेका भट्टले एमालेका सबै कार्यकर्ताहरु उत्पादनसंग जोडिनुपर्ने वताए । ‘दिनभरि गफ गरेर बस्ने, साँझ बजारबाट आलु किनेर तरकारी बनाउने हो भने हाम्रो उत्पादन बढ्दैन’ भट्टले भने ‘खेतबारीमा काम गरेर अन्नबाली उत्पादन गर्नु भन्दा भारत जानु ठीक भन्ने मानसिकता भत्काउनुपर्छ, त्यसका लागि एमालेका कार्यकर्ताहरुले अगुवाई गर्नुपर्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.