देउडा कलाकार भट्ट अत्तरियामा कुटिए

अत्तरिया – देउडा कलाकार जनकराज भट्ट (जेआर) कैलालीको अत्तरियामा कुटिएका छन । बैतडीको पाटन नगरपालिका – ९ घर भएका भट्ट आइतबार बिहान कुटिएका हुन ।

bishal shuit house

शनिबार राति अत्तरियामा भएको ट्याङ्कर दुर्घटना हुँदा घटना स्थलको बारेमा उनले फेसबुकमार्फत भिडियो लाईभ गरेका थिए । जसमा उनले दुर्घटनाका बारेमा बढाइ–चढाइ बोलेका थिए । उनले लाइभ भिडियोमा धेरै मान्छे मारेको बताइरहेका थिए । यद्दपी उक्त दुर्घटनामा एक जना मात्रै घाइते भएका थिए । उनी भिडियो लाईभ गरिरहेकै समयमा पनि केही स्थानीय संग विवाद भइरहेको थियो ।

joshi vada pasal 2

कुटपिट पछि पुनः फेसबुक लाईभबाटै उनले आफूमाथि कुटपिट भएको बताएका छन । कुटपिट पछि अहिले मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

उनले इलाका प्रहरी कार्यालय मालाखेतीमा कुटपिटबारे ठाडो निवेदन दिएको बताएका छन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.