सुदूरपश्चिम प्रदेश सभाको बैठक साउन १८ गतेसम्मका लागि स्थगित

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक साउन १८ गते सम्मका लागि स्थगिगत भएको छ । आईतबार दिउँसो बोलाईइको बैठक सूचना टास गर्दै स्थगित गरिएको हो ।

bishal shuit house

बैठकमा प्रदेशका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी संशोधन गर्न बनेको विधेयक प्रस्ताव गर्ने कार्यसूची रहेको थियो । प्रदेश सभा सदस्य मालामति रानाले प्रदेश सभामा बिजनेश नहुँदा स्थगित भएको बताइन् ।

joshi vada pasal 2

उनले सरकारले सभालाई बिजनेश दिन नसकेका कारण बैठक स्थगित भएको भन्दै बिजनेश दिन नसक्नु सरकारको कमजोरी रहेको आरोप लगाइन् ।

यस्तै कार्य परामर्श समितिको बैटकमा सभा सञ्चालनबारे सहमति नजुट्दा पनि प्रदेश सभाको बैठक बस्न नसकेको बताइएको छ । पदाधिकारी र सदस्यहरुको सेवा सुविधामा सांसदहरुको असहमति रहँदै आएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.