बिच सडकमा सुतेका छाडा चौपाया हटाउ

अत्तरिया  – शनिबार राति कैलालीको अत्तरियामा ५ छाडा चौपायाको एकै चिहान भएको छ । यसले सडकमा सुतेका छाडा चौपाया कति असुरक्षित छन भन्ने कुरालाई एकपटक उदाङ्गो पारेको छ ।

jagaa add

अनियन्त्रिय भएको भनिएको ट्याङ्करले सडकको बिचमा सुतेका २ गाई र ३ गोरुलाई एकै पटक मारेको यो ठूलो घटना हो । नेपालको राष्ट्रिय जनावर नै यसरी सडकमा मरिरहदा पनि राज्यका निकाय भने मर्ने चौपायमाको संख्या मात्रै गनेर बसेका छन ।

joshi vada pasal 2

राष्ट्रिय जनावर गाईलाई मुख्यतया दुधका लागि पाल्ने गरिन्छ । यसरी बर्षभरी दुध दुहेर ति गाईलाई सडकमा छाड्ने गरिन्छ । घरपालुवा जनावर भएकाले ति छाडा गाई दिनभरी जंगल अथवा सडक किनारामा चारो खोज्ने गरेका भएपनि राति भने बजार क्षेत्र र सडकको बिच भागमा बस्ने गर्दछन ।

घरपालुवा जनावर भएकाले असुरक्षित महशुस गरेर मानिस भएको बस्ती र सडकको बिचमा सुत्ने गरेका भएपनि ति जनावर मानवबाटै झन असुरक्षित हुने गरेका छन । राज्यले जंगली जनावरको संरक्षणका लागि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षमा करोडौं खर्च गरेर सेना नै परिचालन गरी संरक्षण गरिरहेको भएपनि सडकमा छाडिएको राष्ट्रिय जनावर गाईलाई भने मर्न दिइरहेको छ ।

राज्यले सडक सुरक्षाका लागि ट्राफिक प्रहरी परिचालन गरेको छ । उनीहरुले दुर्घटनाको जोखिम हुने भन्दै सडक किनारामै सवारी रोक्न दिदैनन् । तर, बिच सडकमा छोडिएका चौपाया हटाउने तर्फ भने कसैको ध्यान पुग्दैन । सघिय सरकारले सडक सुरक्षाका लागि हजारै ट्राफिक प्रहरी र स्थानीय सरकारले छाडा चौपाया हेरालु परिचालन गरेका भएपनि उनीहरुले पनि यस तर्फ ध्यान दिदैनन् ।

यसरी बाटो काट्न नै जोखिम हुने राजमार्ग क्षेत्रका सडकमा बेपर्वाह भएर सुतेका चौपाया निकै जोखिममा छन । यस्ता चौपायालाई व्यवस्थापन गर्न नसकेपनि मर्नको लागि धरापमा छोड्नु भने दुर्भाग्यपूर्ण छ । त्यसैले यसरी सडकमा चौपाया मर्नबाट रोक्नका लागि कम्तीमा सडकको बिचमा सुतेका चौपायालाई हटाउन तिर राज्यले ध्यान दिन आवश्यक छ ।

 

texas
सम्बन्धित पाेस्टहरु
Loading...