बैतडीबाट ३ वर्षमा १८९ जना हराए

बैतडी – भारतसँग सीमा जोडिएको बैतडी जिल्लाबाट पछिल्लो ३ वर्षमा करिब १८९ जना हराएका छन् । आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्म १८९ जना हराएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

bishal shuit house

प्रवक्ता जोशीका अनुसार आव २०७६/०७७ मा ४५, २०७७/०७८ मा ६०, आव २०७८/०७९ मा ८४ जना हराएका हुन् ।

joshi vada pasal 2

सो अवधिमा हराएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन् । हराएकामध्ये आव २०७६/०७७ मा ३८, २०७७/०७८ मा ३९, आव २०७८/०७९ मा ५३ जना फेला परिसकेका छन् । ५९ जना अझै सम्पर्क विहीन छन् ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.