अत्तरियामा अनियन्त्रित भएको ट्याङ्करको ठक्करबाट ५ चौपाया मरे

 

अत्तरिया – कैलालीको अत्तरियामा अनियन्त्रित भएको ट्याङ्करको ठक्करबाट ५ छाडा चौपायाको मृत्यु भएको छ ।

bishal shuit house

बिपिनगरबाट धनगढी तर्फ आउदै गरेको ना ४ ख २६४० नम्बरको ट्याङकरले सडकमा सुतेका ५ छाडा चौपायालाई ठक्कर दिदा २ गाई र ३ गोरुको मृत्यु भएको हो ।

joshi vada pasal 2

डडेल्धुरा आलिताल गाउँपालिका – २ बस्ने वर्ष २५ को गणेश मल्लले चलाएको उक्त ट्याङकरले सुरुमा अत्तरियाको बसपार्क नजिकै दार्चुलाको मालिकार्जुन गाउँपालिका – १ का ३८ बर्षिय लोकेन्द्र धामीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ । धामीलाई ठक्कर दिएर अनियन्त्रित भएको ट्याङ्करले छाडा गाईगोरुलाई कुल्चेर विद्युतको पोलमा भाचेर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

घाईते धामीको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेको र ट्याङकर घटना स्थलमा नै रहेको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.