बाजुरा प्रहरी कार्यालय नजिकै शंकास्पद वस्तु फेला

धनगढी – जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै बमजस्तै देखिने शंकास्पद वस्तु फेला परेको छ । बडिमालिका–९ स्थित रेडियो बाजुरा र जिल्ला प्रहरी कार्यालय बाजुराको नजिकै बमजस्तै देखिने शंकास्पद वस्तु फेला परेको हो ।

bishal shuit house

रेडियो बाजुरा र जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै रहेको दिनेश विकको शौचालयको पछाडिपट्टि शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

joshi vada pasal 2

उक्त बस्तुलाई नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेको र डिस्पोज गर्ने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उक्त बस्तु कसले राखेको हो र किन राखेको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.