तेघरीमा रहेको सैनिक आवासिय महाविद्यालयमा विद्यार्थीको शव भेटियो 

 

अत्तरिया – कैलालीको तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीमा अध्ययनरत एक छात्राको शव फेला परेको छ । उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत गोदावरी नगरपालिका – १ की छात्रा भिमानी बिष्ट मृत फेला परेकी हुन ।

maya metro hospital

उनी सोही विद्यालयको होस्टेलमा बस्दै आएकी थिइन । उनको शव होस्टेलकै कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रवक्ता धन बहादुर रोकायाले बताएका छन ।

joshi vada pasal 2

शुक्रबार साँझ मृत फेला परेकी बिष्टको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.