दार्चुलामा घरेलु हिंसाका घटना बढ्दै

दार्चुला – जिल्लाका विभिन्न ठाउँमा महिलामाथि हुने हिंसात्मक घटना बढ्दै गएका छन । पछिल्लो पाँच वर्षमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका तथ्यांक हेर्दा दोब्बरले घटना बढेको छ । महिलामाथि र बालिकामाथि हुने घटना बढेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार महिलामाथि बलात्कार तथा महिला हिंसाजन्य घटना बढ्दो क्रममा छ । त्यसमध्ये बलात्कार, बलात्कार प्रयास र घरेलु हिंसाका घटना अत्यधिक बढेका छन । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार प्रहरीमा दर्ता हुन आएका घटनाहरू आर्थिक वर्ष २०७४/७५ मा २७, २०७५/७६ मा ३९, २०७६/७७ मा ४५, २०७७/७८ मा ३९ र २०७८/७९ पुग्दा घरेलु हिंसाको मात्रै ७७ वटा उजुरी प्रहरीमा परेका छन ।

joshi vada pasal 2
bishal shuit house

यस्तै २०७५/७६ मा पाककच, २०७६/७७ मा आठ, २०७७/७८ मा पाँच र २०७८/७९ मा पुग्दा बलात्कारका घट्ना हृवात्तै बढेको छ । जबरर्जस्तीकरणी उद्योग, बालयौन दुर्व्यवहार, बालविवाह, बहुविवाह र महिलामाथि हुने हिंसाका आकडा केलाउने हो भने अधिकांश घटनामा महिला नै बढी पीडित भएको सूचना अधिकारी शाहीले बताए ।

यसरी घटना बढ्नुमा एक त समाजमा अपराधकै दर बढेको र त्यससँगै प्रहरीमा उजुरी दिने प्रचलन बढ्नुले पनि सख्या थपिएको प्रहरीको भनाइ छ । ‘जनचेतना अभिवृद्धिका कारण अपराधको सूचना प्रहरीमा आउने क्रम बढेको छ,’ उनले भने, ‘समाजमा पीडित भएमा उजुरी दिए न्याय पाइने सोचेका हुन्छन । यसले समुदायमा कानुनको पहुँच पनि बढ्दै गएको भन्ने पनि देखाउँछ ।’ उनले अझै पनि कतिपय आपराधिक घटनाहरू अभाव र दबाबका कारण प्रहरीकहाँ पुग्दैनन ।

maya metro hospital

घरेलु हिंसा धेरैजसो घटनाहरू गाउँमै मिलाइने गरेको छ । स्थानीय तहमा बनेका न्यायिक समितिका कारण पनि पछिल्लो समय प्रहरीमा उजुरी दिने बढेका छन । न्यायिक समितिमा आउने उजुरी पनि प्रहरीमा पठाउने गरिएका कारण पछिल्लो समय उजुरीको संख्या बढेको प्रहरीको भनाइ छ ।

गत वर्ष जिल्ला अदालतमा बहुविवाह र बालविवाहका १०÷१० मुद्दा दर्ता भएका थिए । घरेलु हिंसाका चार मुद्दा दर्ता भएकामा तीनवटा फर्छ्यौट भएका छन । २०६६ मा जारी भएको घरेलु हिंसा कसुर तथा सजाय ऐनले शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातनालाई घरेलु हिंसाका रूपमा परिभाषित गरेको अधिवक्ता धीरेन्द्र साउद बताउँछन । उनका अनुसार ऐनले यो अपराध प्रमाणित भएमा तीन हजारदेखि २५ हजारसम्म नगद जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.