सुदूरपश्चिमका गौं संरक्षणमा पिताम्वरको ईन्ट्री

अत्तरिया – सुदूरपश्चिममा छाडा चौपायाको समस्या बिकराल छ । यसको नियन्त्रणका लागि राज्यको करोडौं रकम खर्च हुँदा पनि समस्या समाधान हुन सकिरहेको छैन । सुदूरपश्चिममा प्रदेश सरकार र स्थानीय तहहरुले पनि आ–आफ्नो तरिकाले छाडा चौपायाको समस्या सामाधानका लागि प्रयास गरेपनि अधिकाशं योजना असफल भएका छन ।

jagaa add

छाडा चौपाया राजमार्ग क्षेत्रमा बस्ने र रातीको समयमा किसानले लगाएको अन्न बालि खाने गर्छन । बजार क्षेत्रमा छोडिएका यस्ता चौपायाले बजारमा सवारी साधन संचालनमा समेत समस्या हुने गरेको छ भने सडक दुर्घटना पनि भइरहेका छन । जसका कारण ठूलो जनधनको क्षति भइरहेको छ । छाडा चौपायाको समस्या समाधानका लागि स्थानीय तहले बार्षिक रुपमा बजेट खर्च गरेपनि बजेटको सहि सदुपयोग नहुँदा समस्या पैसाले मात्रै सामाधान हुन सक्दैन भन्ने धेरैले बुझिसकेका छन । तर, पनि नगरपालिकाले यसको व्यवस्थापनका लागि बर्षिक रुपमा बजेट छुट्याउँदै गर्ने र केही संघसस्थाले व्यवस्थापन गर्ने नाममा लाखौ रकम कुम्ल्याउदै आएका छन ।

joshi vada pasal 2

यसै समस्या र चुनौतिका बिच छाडा चौपायाको व्यवस्थापन गर्ने भन्दै योगी पिताम्वरले सुदूरपश्चिममा आफ्नो सक्रियता बढाएका छन । गौ संरक्षणको माध्यमद्धारा धर्म रक्षा एवं राष्ट्र निर्माण अभियान नै सञ्चालन गरेका उनले सुदूरपश्चिममा पनि गौशाला निर्माण गरी यस क्षेत्रको छाडा पशुचौपायाको समस्या समाधान गर्ने बताएका छन । नेपालका १४ स्थानमा सफल गौशाला संचालनका लागि सहजिकरण गरेको बताउने पिताम्बरले यस क्षेत्रमा राज्य र स्थानीयको साथ पाए गौ संरक्षण गर्न सकिने बताएका छन ।

‘गाईको समस्या भएका पालिकामा जनप्रतिनिधिले एक जुट भएर यसको संरक्षणका लागि साझा धारणा बनाउन सक्ने हो भने यो काम सम्भव छ’ उनले भने ‘यसका लागि वन संगको सहजिकरणमा कुनै निश्चित ठाउँमा काम गर्न सकिन्छ ।’ उनले हाल देशभरका १३ स्थानमा भएका अव्यवस्थित गौशालालाई व्यवस्थित गरेको र बर्दियाको बारबर्दिया नगरपालिका – ९ मा आफैले गौशाला स्थापना गरेको बताएका छन ।

‘यसको खर्च व्यवस्थापनको लागि सुरुमा प्रदेश सरकारबाट १० लाख र स्थानीय तहहरुबाट ३० लाख पाएका थियौ । अहिले हामीले यसलाई संचालनका लागि चरनलाई पहिलो प्राथमिकता दिएका छौ’ १ बर्ष देखि संस्थागत रुपमा अभियान संचालन गरेका उनले भने ‘हामीले नयाँ आवश्यकता भएका ठाउँमा गौशाला निर्माण गर्ने र जहाँ अव्यवस्थित छन त्यहाँ व्यवस्थित गरिदिने काम गर्दै आइरहेका छौ ।’

उनले गौशाला व्यवस्थापन गरेपछि पञ्चकब्यबाट उत्पादन हुने सामान निर्माण गरेर यसलाई व्यवसायीक रुपमा अगाडी बढाउन सकिने बताए । ‘यसको फाइदाका बारेमा मैले पनि स्थानीयलाई तालिम दिन्छु । यसको बजारीकरणका बारेमा पनि जानकारी दिन्छु’ उनले भने ‘सुदूरपश्चिममा सरकारले चाहेको खण्डमा हामीले त्यस क्षेत्रमा पनि जागरणका कार्यक्रम संचालन गर्ने छौ । यसरी काम गर्दा एक गाई बाट मासिक ६ देखि ७ हजार आम्दानी गर्न सकिने तरिका सिकाउँछौ ।’

उनले यसका लागि तत्काल भने चरन क्षेत्र सहितको गौशाला निर्माण गर्न आवश्यक रहेको बताए । ‘अहिले बाटोमा गाई देखिनुको कारण यसबाट आम्दानी हुँदैन भनेर हो । गाईको संरक्षण गरेर हामीले पञ्चकब्यबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने प्रशिक्षण गरेको खण्डमा यसको समस्या दिर्घकालिन सामाधान हुन्छ’ उनले भने ।

उनले छाडा चौपायाको समस्या समाधानका लागि छलफल गर्न साउन २० गते सुदूरपश्चिमका १२ पालिकाका जनप्रतिनिधि बर्दियामा आउने बताए । उनले भने ‘जनप्रतिनिधिहरु बर्दियामा आएर दिनभरी छाडा चौपायाको कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर प्रशिक्षणात्मक छलफल गर्ने भनेका छौ ।’

योगी पिताम्वर यसअघि बिहिबार अत्तरियामा आएर यस क्षेत्रका अगुवा युवाहरुसंग छलफल गरेका थिए । उनले यसअघि गौ संरक्षणको माध्यमद्धारा धर्म रक्षा एवं राष्ट्र निर्माणका लागि भन्दै गत बर्ष फागुन २४ गतेदेखि ३० दिवसीय पदयात्रा समेत गरेका थिए । जुन पदयात्रा महाकालीको हरीहरघाटबाट सुरु भएर धार्मीक क्षेत्र देवघाट समापन भएको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
Loading...