मेरो जन्मभूमि

अत्तरिया –  अपवाद बाहेक जन्मभूमिको माया नगर्ने सायदै होलान । आफू जन्मेको ठाउँ जस्तो सुकै भएपनि बाल्यकाल हुर्किएको ठाउँ संगको साइनो बिशेष हुन्छ । जन्मभूमि मै कर्मभूमि भएकाहरु त भाग्यमानी नै भैहाले । तर, जन्मभूमि छोडेर कर्मभूमिमा जिवनका लागि संघर्ष गर्नेहरुको पीडा आ– आफ्नै छ ।

jagaa add

जन्मभूमिलाई कर्म भूमि बनाउन नसक्नुका धेरै कारण हुन्छन । थोरैको रहर धेरैको बाध्यता नै हुन्छ । नेपालभित्र जन्मभूमि छोडेर कर्मभूमिमा जिवनका लागि संघर्ष गरिरहेका भन्दा देश नै छोडेर अरुको देशमा कर्मभूमि बनाउनेको पीडा अझै बढी हुन्छ । तर, देशभित्रै भएपनि आफू हुर्केको, हिड्न सिकेको, बोल्न सिकेको भूमि सायद कसैले बिर्सन सक्लान । कर्मको संघर्षमा व्यस्त मानिस जन्मभूमिलाई एक छिन बिर्सेन सक्ला तर, उसको मस्तिस्कबाट यो मेटिन भने सम्भव छैन ।

joshi vada pasal 2

हुन त कोही अस्थाई रुपमा जन्मुभूमि छाडेर बाहिर बसेका हुन्छन । कसैलाई स्थायी रुपमा नै जन्मभूमि छोड्नुपर्ने बाध्यता हुन्छ । जे जसरी जन्मभूमि छोडेको भएपनि खुट्टामा सानो ठेस लाग्दा पनि जन्मभूमि सम्झाइहाल्छ ।

जन्मभूमि छाडेर बसेकाहरुले सबैले जन्मभूमिलाई यसरी नै सम्झिन्छन भन्ने छैन । तर, मेरो यस अनुभूतिमा कुनै सिद्धान्त विचार भन्दा पनि मेरो रहनसहन, परिवेशले मेरो मस्तिष्कलाई यसरी लेख्न बल गरिरहेको छ ।

जन्मभूमिभन्दा टाढा बसेको मलाई आज म जन्मेको दिन भएर पनि होला जन्मभूमिका बारेमा लेख्ने शब्दको कमि छैन । तर, मैले यो अनुभूतिमा थोरै शब्दमा धेरै पाठकलाई भन्नुपर्ने मसंग बाध्यता छ । म जन्मेको र सहिद दशरथचन्द जन्मनुभएको भूमि एउटै हो । सोही नामले मेरो जन्मभूमिको नगरको नामाकरण पनि गरिएको छ । जुन नाम हरेक नेपालीको मस्तिष्कमा कण्ठस्त छ भने मेरो मस्तिष्कमा नहुने कुरै भएन ।

जहाँ म जन्मेपछि मेरो पहिलो आवाज गुन्जिएको थियो भने त्यहिबाट म यो देशको नागरिक पनि बनेको थिए । जन्मभूमिले मलाई यो देशको नागरिक बनाएपनि अहिलेको भौतिक संसारले मेरो त्यो स्वर्गरुपी जन्मभूमिबाट टाढिन बाध्य बनायो ।

मैले दैनिक ३ घण्टा हिडेर हासिल गरेको माध्यमिक शिक्षालाई अपुग बनाइदियो, मलाई १६ बर्षको उमेरमा उच्च शिक्षाका लागि जन्मभूमि छोडेर बाहिर जानुपर्ने बनाइदियो । त्यसपछि भौतिक संसारमा अभ्यस्त हुँदै गएको म अहिले कंक्रिटको सहरबाट १६ बर्ष पछि नै यो अनुभूति लेख्दै छु ।

जन्मभूमि र कर्मभूमि बसेको समय एउटै हुँदा पनि आजको दिनले मेरो मस्तिष्कलाई जन्मभूमि मै तानिरहेको छ । त्यसैले भनिएको होला ‘आफ्नो जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ ।’

यति भनिरहदा म र म जस्ता हजारौ मानिस स्वर्गभन्दा प्यारो जम्मभूमिबाट टाढा बस्न बाध्य छन । त्यसमध्येको एक तपाई पनि हुन सक्नुहुन्छ । भौतिक संसारमा अभ्यस्त हाम्रो समाजमा भौतिक सुख सुविधाको खोजिमा आफ्नो जन्मभूमि छोड्ने लहर चलेको छ । यसैको सिकार म पनि बने ।

१६ बर्ष अगाडी मेरी आमाले आँखाबाट आशु झार्दै उच्च शिक्षाकै लागि जन्मभूमिबाट विदाई गरेको सम्झना अझै मेरो मस्तिष्कमा ताजै छ । ‘छिमेकीका छोरा गाउँ छोडेर डाक्टर, इन्जिनियर बनिसके, सहरमा घर बनाइसके, पहाडमा दुःख गर्नु परेको छैन’, यस्तै यस्तै शब्द उतिबेला मेरो मस्तिष्कमा भरिएका थिए । मैले १० बर्ष टुकिको उज्यालोमा पढेको शिक्षाले पनि त्यही वातावरणलाई थप मलजल गरेको थियो ।

हुन त भौतिक विकासको खोजीमा हिडेको समाजमा त्यो स्वभाविक थियो । जहाँबाट स्वास्थ्य चौकि पुग्न २ घण्टा हिड्नुपथ्र्यो, विद्यालय पुग्न डेढ घण्टा लाग्थ्यो, पिठ्युमा बोकेको नुनले खानामा स्वाद आउँन्थ्यो, देशमा के भइरहेको छ भन्ने कुरा रेडियो नेपालले भने पछि थाहा पाइन्थ्यो, त्यो ठाउँको तुलनामा मेरै देशको अर्को कुनामा रहेको ठाउँ निकै सम्पन्न थियो । यही खाडलले म लगायत म जस्ता हजारौको मन विचलित बनाउने गर्थ्यो ।

त्यो समाजमा अरुले सुबिधा सम्पन्न बनाएको ठाउँमा जाने भन्दा पनि आफैले आफ्नो ठाउँलाई बनाउने हो भन्ने चेतना थिएन वा हाम्रो राज्य प्रणालीले गर्दा यस्तो विकासको खाडल बनेको हो भन्नेमा मेरो कलिलो मस्तिष्क अनविज्ञ थियो । यती भनिरहदा लाग्न सक्छ सचेत मस्तिष्कले अहिले किन जन्मभूमि रोजेन ? अहिले मेरो जन्मभूमिमा ५० प्रतिशत बढी घर बन्जर बनिसकेका छन भने अहिले पनि अस्पताल जान डोको कै साहारा लिनु पर्छ । डोकोमा हालेर मान्छेलाई अस्पताल लग्ने मान्छे पनि गाउँमा छैनन् । स्कुल जान अझै पनि डेढ घण्टा नै हिन्नुपर्छ ।

मेरो जन्मभूमिले ठूलो सपना देखेपनि यसको अवस्था नफेरिनुमा मेरो पनि दोष होला तर त्यो भन्दा बढी दोष मेरो राज्यको छ । जसले असमान विकास गरेको छ । जुन असमानताले पहाड रित्तिदै छ तराई भरिदै छ ।

मेरो जन्मभूमि पुर्वाधार विहिन भएपनि सम्भावना नै नभएको ठाउँ भने कदापी होइन । त्यहाँ गर्न सके कंक्रिटको सहरभन्दा धेरै सम्भावना छन । त्यो भूमिमा मेरा पुर्खाले जडिबुटी, अन्न, घिउँ भारतमा बेचेर नुन किन्थे । जसले गर्दा ४ सय बर्ष पहिले बनाएको झुलाघाट पुलबाट आयात भन्दा बढी निर्यात हुन्थ्यो । पुर्खाले आफैले भीर चिथोरेर खेत बनाएका थिए । खोला फर्काएर सिँचाइ नहर ल्याएका थिए । सरकारको बजेट आए नआएको थाहा हुन्थेन तर, सरकारलाई ‘तिरो’ तिरीरहन्थे । बिस्तारै राज्यको प्रवेश भयो । टाढै भएपनि शिक्षा, स्वास्थ्य र रोजगारको खोजी हुन थाल्यो । जसको खोजीमा अहिले बस्ती रित्तियो ।

मेरो जन्मभूमिमा राज्यले अन्याय गरेको छ । भरपाई गर्न राज्यले असमान नीतिबाट पुर्वाधारले सम्पन्न बनेका र पुर्वाधार बिहिन क्षेत्रलाई एउटै आँखाले हेरेर पुग्दैन । अब त्यो सम्भावनाले भरिएको ठाउँलाई २१ औं शताब्दिको पुर्वाधारले छुन आवश्यक छ । त्यहाँका सम्भावनाहरु अहिलेको पुस्तालाई चिनाउन आवश्यक छ ।

बाल मस्तिष्कमा पश्चिमा राष्ट्रले प्रतिवादन गरेका सुत्र मात्रै रटाउनु भन्दा देशको भूगोल चिनाउन आवश्यक छ । जसले गर्दा मात्रै त्यो ठाउँमा पुरानो हरियाली फर्कन सम्भव छ । नत्र मेरो जन्मभूमि जस्तै पहाडमा हजारौका जन्मभूमि बिस्तारै–बिस्तारै बन्जर बन्ने निश्चित छ ।

texas
सम्बन्धित पाेस्टहरु
Loading...