पैसा विनाको नेपाल यात्रा गर्दै डोटीका युवा

 

अत्तरिया – घुम्ने रहछ छ भने त्यसका लागि पैसा अपरिहार्य नै मानिन्छ । झन नेपालका ७७ वटै जिल्ला घुम्ने हो भने निकै धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ । नयाँ –नयाँ ठाउँ घुम्ने रहर धेरैलाई हुने भएपनि अधिकांसले पैसाको अभावमा सो इच्छ्या गुम्साएका हुन्छन । तर, डोटीको आदर्श गाउँपालिका – १ बाँझककानीका धन बहादुर खड्का भने यसका अपवाद हुन ।

maya metro hospital

सानै देखि नयाँ नयाँ ठाउँ घुम्ने रुचि भएका खड्का घरको आर्थिक अवस्था कमजोर भएका कारण सो इच्छ्या पुरा गर्न पाउदैनथे । तर, उनको मनबाट नेपाल घुम्ने सोच कहिल्यै हट्न सकेन । त्यसपछि उनले जुन सुकै हालतमा भएपनि पुरा गर्न विना पैसा नेपाल घुम्ने योजना बनाए ।

joshi vada pasal 2

‘घुम्ने मेरो पहिले देखि सोच थियो । तर, म संग पैसा थिएन । अनी मेरो मनमा बिना पैसा पनि घुम्न सकिन्छ भन्ने सोच आयो । त्यो च्यालेन्ज थियो । तर, अहिले सम्म म सफल भइरहेको छु’ खड्काले भने ‘मैले अनलाइनमा पनि सर्च गरे धेरै जस्तो मानिसहरु मेरो जस्तै घुम्ने रहेछन ।’ टीकापुर पोलिक्लिनीक इन्स्टिच्युडबाट ओभरसियरको अध्ययन गरेका खड्काले ९ महिना अगाडी देखि बिना पैसा नेपाल घुम्ने यात्राको सुरुवात गरेका थिए ।

९ महिना आगाडी धनगढीबाट यात्रा सुरु गरेका उनले कञ्चनपुर बाहेक सुदूरपश्चिमका ९ जिल्ला सहित दैलेख, सुर्खेत, सल्यान, दाङ, बाँके र बर्दियाको यात्रा सम्पन्न गरिसकेका छन । बिचमा ओभरसियरको अध्ययनका कारण उनको यात्रा केही महिना रोकिएको भएपनि बिहिबार देखि भने उनले अत्तरियाबाट नेपाल यात्रालाई पुनः निरन्तरता दिएका छन ।

उनले देश र भुगोल बुझेर मात्रै आफूले अध्ययन गरेको काम गर्ने सोच रहेको बताए । उनले यसअघि १४ जिल्ला घुम्दा १ रुपैयाँ पनि खर्च नगरेको बताए । उनले तराइका जिल्लामा मोटरसाइकल र पहाडी जिल्लामा ट्याक्टर, ट्रकहरुसंग लिप्ट माग्ने गरेको बताए ।

‘पहिले यो च्यालेन्ज थियो । सुरुको दिन यात्रा गर्दा मलाई धनगढी देखि गोदावरी पुग्न २ घण्टा लागेको थियो’ उनले भने ‘पछि बानी पर्दै गयो । मैले यो उद्देश्यले हिडेको भनेर जानकारी दिन्छु । मैले बिना पैसा देश भ्रमण गर्ने काम गाह्रो भएपनि यो सम्भव छ भन्ने मेसिज पनि दिन खोजेको हो ।’ उनले कुनै पनि बहानामा आफ्नो देश घुम्ने चाहाना रोकिन नहुने बताए ।

असहयोगी पनि भेटिन्छन

उनले यात्रामा क्रममा केही असहयोग गर्ने पनि भेटिने गरेको बताए । ‘कहिले काही खान बस्नको समस्या हुन्छ । कसैले लिप्ट दिदैनन् । कसैले गाडीबाट निकालि दिन्छन’ उनले भने ‘कहिले काही राती बाटोमा अलपत्र पनि परिन्छ ।’ उनले बजार क्षेत्रमा बस्न खान समस्या भएपनि गाउँमा भने त्यो समस्या नहुने बताए । उनले भने ‘१० मा एक जना असहयोगी भावनाको हुन्छन बाँकी सहयोग नै गरिरहेका हुन्छन । कोही त यस्तैले हो देश बिगारेको भनेर गाली पनि गर्छन । कोही राम्रो भन्छन ।’

उनले पछि अध्ययन गर्दै जादाँ नेपालमै पनि आफू जस्ता धेरै यात्री संग चिनजान भएको बताए । ‘नेपालमै पनि २ जना हुनुहुदो रैछ घुम्ने वहाँहरु संग पनि मेरो चिनजान भयो । काठमाण्डौंका सन्तोश श्रेष्ठ र सरद कोइराला विना पैसा पुरै नेपाल घुमिसक्नु भएको रहेछ’ उनले भने ‘यो नेपालमा मात्रै नभएर विश्वभरी नै धेरै मानिसहरुले यसरी घुम्ने गरेका छन । यसको विश्वभरीमा एक ग्रुप नै छ । नेपालमा पनि ग्रुप बनेका छन ।’ उनले अबको भ्रमण गाउँ केन्द्रित गरेर त्यस क्षेत्रको बारेमा अध्यक्षयन गर्ने बताए ।

‘पहिले रमाइलो गर्ने मै भ्रमण केन्द्रित थियो । अबको बाँकी भ्रमणमा रमाइलो संगै गाउँमा जाने कुरा बुझ्ने, त्यहाँको कल्चर बुझ्ने काम गर्नेछु’ उनले भने ‘बिना पैसा घुम्दा ग्राउण्ड लेवलमै पुगेर कुरा बुझिन्छ । मलाई आनन्द नै लागिरहेको छ ।’ उनले भ्रमणका क्रममा नेपालको राष्ट्रिय झण्डा र पोष्टर बोकेर हिड्ने गरेका छन । उनले आफूले भ्रमण गर्दा भिडियो बनाएर सामाजिक संजारमा पनि प्रचार गर्ने गरेको बताए ।

‘मैले घुमेर मलाई मात्रै भन्दा पनि अरुलाई पनि फाइदा गर्छ जस्तो लाग्छ । मेरो यात्राले कुनै ठाउँको प्रचार पनि भइरहेको छ’ उनले भने ‘इच्छ्या भए उपाय अनेक छन भन्ने पनि मैले सन्देश दिन खोजेको हो ।’ उनले नेपालका ७७ वटै जिल्लाको यात्रा १ बर्ष भित्र सक्ने योजना बनाएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.