बझाङमा बालकको कंकाल भेटियो

बझाङ – बझाङमा २ महिना अगाडी बेपत्ता भएका एक बालकको कंकाल फेला परेको छ । जेठ १४ गतेदेखि बेपत्ता भएका जयपृथ्वी नगरपालिका – १ कैलास गाउँका मदेश शाहीका ९ वर्षीय छोरा धरेन शाहीको कपडा संगै कंकाल फेला परेको हो ।

maya metro hospital

धरेन घोणकोटको जंगलबाट बेपत्ता भएका थिए । उनको टाउको र हड्डी जयपृथ्वी नगरपालिकामा पर्ने नौलावन भन्ने ठाउँमा भेटिएको हो ।

अस्थिपञ्जरसँग रहेको उनको कपडाको आधारमा शवको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.