अत्तरियामा जेष्ठ नागरिकलाई ठक्कर दिएर मोटरसाइकल फरार

अत्तरिया – कैलालीको अत्तरियामा मोटरसाइकलको ठक्करबाट एक जेष्ठ नागरिक घाइते भएका छन । गोदावरी नगरपालिका – ३ मा साईकलमा सवार स्थानीय ७२ बर्षिय नन्द राज भट्टराई घाइते भएका हुन ।

maya metro hospital

उनलाई पुर्व पश्चिम राजमार्ग अन्तरगत चौकिडाँडामा बुधबार साँझ साढे ७ बजेको समयमा सुपप्र ०१००८ प ६६११ नम्बरको मोटरसाइकलले ठक्कर दिएको स्थानीय मोहन भट्टराइले बताए । उनले ठक्कर दिने मोटरसाइकलको फोटो खिचेको भएपनि पछि मोटरसाइकल फरार भएको बताए ।

joshi vada pasal 2

‘मोटरसाइकलको ठक्कर पछि वहाँ सडक किनारामा ढल्नुभएको थियो । मैले पहिले ठक्कर दिने मोटरसाइकलको फोटो खिचे र पछि वहाँलाई उठाएर अस्पताल ल्याए’ उनले भने ‘घटनास्थलमा मोटरसाइकल चालकले म पनि अस्पतालमा आउन्छु भन्यो । पछि बाटोबाट मोटरसाइकल फरार भयो ।’ प्रहरी भने घटना पछि अस्पतालमा आएर मुचुल्का लिएको थियो । इलाका प्रहरी कार्यालय मालाखेतीले मोटरसाइकलको खोजी कार्य जारी रहेको जनाएको छ ।

घाइते भट्टराईलाई अहिले अत्तरियामा रहेको अत्तरिया अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ हात र कम्मरमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.