कैलाश–मानसरोवर सडकमा पहिरो खस्दा डडेल्धुराका एक मजदुरको मृत्यु

अत्तरिया – कैलाश–मानसरोवर सडक खण्डमा पहिरो खस्दा डडेल्धुराका एक मजदुरको मृत्यु भएको छ । भारतले धार्चुलामा बनाउँदै गरेको उक्त सडक खण्डमा काम गर्ने डडेलधुराका ४५ वर्षीय नरबहादुर रोकाको मृत्यु भएको हो ।

कैलाश मानसरोवर सडक खण्डको धार्चुलामा रहेको लामारी–पेलसिती झरना नजिकैको पहाड भासिएर गएको पहिरो परी रोकाको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिएका छन ।

घटनाको थप जानकारी आउन बाँकी रहेको प्रशासनले जनाएको छ । भारतले पिथौरागढ जिल्लाबाट झन्डै १ सय ५० किलोमिटर दूरीमा धार्चुला हुँदै कैलाश मानसरोवर सडक निर्माण गरिरहेको छ ।

गर्ग एण्ड गर्ग कम्पनीले सडक चौडा गरेर कालोपत्रे गर्ने काम गरिरहेको छ । त्यहाँ नेपालीहरुले पनि मजदुरी गर्दै आएका छन् ।

maya metro hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.