बझाङमा जनप्रतिनिधि र कर्मचारी भ्रमणमा जाँदा गाउँपालिकाको सेवा प्रभावित

बझाङ – बझाङको एक गाउँपालिकाको सेवा प्रवाह प्रभावित भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधि भ्रमणमा गएपछि जिल्लाको थलारा गाउँपालिकाको सेवा प्रभावित भएको हो ।

maya metro hospital

गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरु भ्रमणको लागि मुस्ताङ गएपछि गाउँपालिकाको सेवा प्रवाहमा स्थानियले स्थास्ती खेप्नुपरेको छ ।

joshi vada pasal 2

गाउँपालिकाका ४० जनप्रतिनिधि तथा कर्मचारी मुस्ताङ भ्रमणमा गएका हुन । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर रोकाया, उपाध्यक्ष रामबहादुर खाती, प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित, सबै वडाका अध्यक्षहरु र सचिवहरु भ्रमणमा गएका छन ।

भ्रमणका कारण गाउँपालिका जनप्रतिनिधिविहीन भएको स्थानीयले बताएका छन् । उता भ्रमणमा निस्किएका गाउँपालिकाका उपाध्यक्ष रामबहादुर खातीले भ्रमणका कारण गाउँपालिका तथा वडाको कामकारबाहीमा असर नपरेको बताए ।

उनले कर्मचारी र जनप्रतिनिधि गरी जम्मा ४० जना भ्रमणमा आएपनि ‘अफ सिजन’ भएकाले सेवा प्रवाहमा केही फरक नपर्ने बताए । पालिकाको भ्रमणका लागि कति बजेट बिनियोजन भएको हो र भ्रमणमा कति दिन लाग्छ भन्ने कुरा एकिन हुन सकेको छैन ।

तर स्थानियहरुले भने जनप्रतिनिधि मुस्ताङ भ्रमणका कारण सामाजिक सुरक्षा भत्ता प्रवाहमा समेत असर परेको बताउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.