कैलालीमा २ मोटरसाइकल एक आपसमा ठोक्कीदा चालक घाइते

अत्तरिया – कैलालीको लम्कीमा २ मोटरसाइकल एक आपसमा ठोक्कीदा चालक घाइते भएका छन । कैलाली लम्की–चुहा नगरपालिका – २ मोतिपुर स्थित पुर्व पश्चिम राजमार्गमा २ मोटरसाइकल एक आपसमा ठोक्कीदा दुवै मोटरसाइकलका चालक घाइते भएका हुन ।

bishal shuit house

पुर्बबाट पश्चिमतर्फ आउदै गरेको लम्की–चुहा नगरपालिक – ३ का २७ बर्षिय हिमाल न्यौपानेले चलाएको सुपप्र ०१–००११ प २४१२ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट गइरहेको लम्की–चुहा नगरपालिका – ६ का २६ बर्षिय हेमन्त ताम्राकारले चलाएको से ५ प १९६७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

दुर्घटनामा घाइते भएका ताम्राकारको टाउकोमा चोट लागेको र न्यौपानेको हातको औंलामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
टाउकोमा चोट लागेका ताम्राकारको लालरत्न अस्पताल लम्कीमा उपचार सम्भव नभएपछि नेपालंग रेफर गरिएको छ ।

औंलामा सामान्य चोट लागेका न्यौपाने सहित दुवै मोटरसाइकलाई ईलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.