दार्चुलाबाट अवैध यार्सागुम्बा सहित एक जना पक्राउ

 

दार्चुला – दार्चुलाबाट अवैध यार्सागुम्बा सहित एक जना पक्राउ परेका छन । महाकाली नगरपालिका–८ स्थित आसाकाडाबाट अवैध यार्सागुम्बा सहित व्यास गाउँपालिका–४ सुन्सेराका कम्मानसिंह विष्ट पक्राउ परेका हुन ।

उनलाई दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको यात्रुवाहक बसबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले बताएका छन ।

joshi vada pasal 2
bishal shuit house

बिष्टको साथबाट १ किलो ६ सय ग्राम यार्सागुम्बा बरामद गरिएको उनले बताए  । उनको साथबाट कस्तुरीको बिना जस्तै शंकास्पद वस्तु पनि बरामद गरिएको प्रहरीले जनाएको छ । सूचना अधिकारी शाहीका अनुसार विष्टको साथबाट १५ ग्रामको कस्तुरीको बिना जस्तै देखिने वस्तु बरामद गरिएको छ ।

हाल विष्टलाई नियन्त्रणमा लिनुका साथै बरामद भएको यार्सागुम्बा र कस्तुरीको बिना जस्तो वस्तुलाई डिभिजन वन कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

maya metro hospital
texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.