जोरायलका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बिच ‘कार्य सम्पादन सम्झौता’ 

 

डोटी – डोटीको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह ठगुन्नाबिच ‘कार्य सम्पादन सम्झौता’ गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनलाई प्रभावकारी बनाई परिणाममुखी कार्य गर्न सोमबार उक्त सम्झैता गरिएको हो ।

स्थानीय सरकार संचालन ऐन, निजामती सेवा ऐन, निजामती सेवा नियमावली, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन लगायतका प्रचलित ऐन, नियम, कार्यविधि, निर्देशिकाले परिलक्षित गरे अनुसार ‘कार्य सम्पादन सम्झौता’ गरिएको प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाले बताए ।

joshi vada pasal 2
bishal shuit house

उनले सम्झौताले पालिकामा प्रमुख प्रशासकीय अधिकृतले सम्पादन गर्ने विभिन्न कामहरूको प्रभावकारितामा अभिवृद्धी गरि हरेक क्रियाकलापलाई वस्तुपरक, समयवद्ध, परिणाममुखी, मितव्ययी, पारदर्शी बनाई सेवाको गुणस्तरीयता बढाउने बताए । उनका अनुसार जिल्लामै पहिलो पटक पालिका स्तरमा ‘कार्य सम्पादन सम्झौता’ गरिएको हो ।

उक्त सम्झौतामा प्रमुख प्रशासकीय अधिकृतले गर्ने प्रमुख क्रियाकलाप र उपलब्धि सूचकबारे २५ बुदे शर्तहरु समेटिएका छन । सम्झौतामा श्रोत साधन तथा जनशक्तिको व्यवस्था, अनुगमन तथा मूल्यांकन र प्रोत्साहन तथा सजाय समेतका बुँदाहरु समेटिएको छ ।

maya metro hospital

निजामती सेवा ऐनले कुनै पनि कर्मचारीलाई विभागीय प्रमुख, कार्यालय प्रमुख पदमा पदस्थापन वा सरुवा गर्दा नेपाल सरकारले त्यस्तो पदमा रही गर्ने कार्यहरुको प्रशासकीय कार्यप्रकृति र कार्य विवरणको अधीनमा रही संवन्धित पदाधिकारीसँग कार्यसम्पादन सम्झौता गरेर पदस्थापन गर्न सकिने व्यवस्था गरेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.