डोटीमा ७५ पीन्ट रगत संकलन

अत्तरिया – डोटीमा हेल्थ असिस्टेन्ट संघ (हान) डोटी र प्रशिक्षार्थी कल्याण समिति (एसटीएस) दिपायलले ७५ पीन्ट रगत संकलन गरेका छन । सोमबार दुवै सस्थाले सयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ पीन्ट रगत संकलन गरिएको हो ।

पहाडी क्षेत्रमा हुने रगत अभावलाई मध्यनजर गरी नेपाल रेडक्रस धनगढी संगको सहकार्यमा डोटीको एसटीएस प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हान डोटीका अध्यक्ष कुबेर खड्काले बताए ।

joshi vada pasal 2
bishal shuit house

उनले पहाडी क्षेत्रमा रगतको अभावलाई मध्यनजर गरी पहाडी जिल्लामै रक्तदान कार्यक्रम गरिएको उनले बताए । उनले पहाडी क्षेत्रमा भइरहने रगतको अभावलाई कम गर्न सो क्षेत्रमा जनचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताए ।

एसटीएसका अध्यक्ष अन्कुस जङ्ग खड्काले पहाडी जिल्लामा अपरेशन नहुने भएकाले रगगतको माग न्युन रहेको बताए । उनले थोरै मात्रामा भएपनि रगत सहज रुपमा उपलब्ध होस भनेर कार्यक्रमको आयोजना गरिएको बताए ।

maya metro hospital

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.