अछाममा पहिरोमा परेर ३ जनाको मृत्यु, एक घाइते

अछाम – अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

bishal shuit house

मृत्यु हुनेमा ४५ वर्षिय हरिकला विष्ट, २५ वर्षीय वीरेन्द्र विष्ट र १५ वर्षीया संविधान विष्ट रहेको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीले जानकारी दिए ।

joshi vada pasal 2

गएराति पहिरोसँगै रुखले घर थिच्दा उनीहरूको मृत्यु भएको हो । पहिरोमा परेर ६२ वर्षकी नैना विष्ट घाइते भएकी छिन् । विष्टको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवबहादुर विष्टले जानकारी दिए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.